Jul 02, 2021
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघका पूर्व उपाध्यक्ष हेम बहादुर प्रधानको निधनप्रति दुःख व्यक्त गर्न भर्चुअल माध्यमबाट आज मिति २०७८ असार १८ गते, शुक्रबार आयोजित शोक सभाबाट देहायको शोक बक्तव्य पारित भएको छः
शोक बक्तव्य
यस महासंघका पूर्व उपाध्यक्ष हेम बहादुर प्रधानज्यूको यहि मिति २०७८ असार १३ गते आइतवारका दिन असामयिक निधन भयो । उहाँको निधनबाट महासंघ परिवार सहित सिंगो निजी क्षेत्र स्तव्ध भएको छ ।
पूर्व उपाध्यक्ष प्रधान तत्कालिन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी विक्रम सम्वत २०४१ सालमा महासंघमा प्रवेश गर्नु भएको थियो । फछि विक्रम सम्वत २०४१–४४ को कार्यकालमा कार्यकारिणी समितिको सदस्य र वित्रम सम्वत २०४४–४७ कार्यकालमा महासंघको उपाध्यक्ष हुनुभयो । महासंघसंग प्रत्यक्षरूपमा पछि जोडिनु भएफनि बिक्रम सम्वत २०२५/२६ देखिनै महासंघका हरेक त्रियाकलापमा उहाँ सहभागी हुंदै आउनु भएको महासंघको दस्तावेजहरूबाट थाहा पाइन्छ । महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्व उपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पुर्याउनु भएको थियो । समाजसेवमा पनि सक्रिय प्रधान महासंघको सदस्य पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र पोखराका अग्रणी उद्यमी समेत हुनुहुन्थ्यो ।
महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उहांको अमुल्य योगदान रहयो । आफ्नो कार्यकालमा महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरूमा भएका व्यापार भ्रमणकाक्रममा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरूमा सशक्त आवाज राख्ने गर्नुहुन्थ्यो ।
मुलुकभित्रका उद्योग व्यवसाय बलियो बनाएर मात्र आर्थिक उदारीकरणमा जानुपर्ने विषयमा तत्कालिन अवस्थामा बलियो धारणा बनाउनु भएका पूर्व उपाध्यक्ष प्रधान सरकारको अदुरदर्शी नीतिले गर्दा सधै आयातित सामानले देशको अर्थतन्त्र कमजोर बन्दै गएको र निर्यात भन्दा आयात बढी हुंदै जांदा व्यापार घाटा दिनदिनै बढ्दै गएको र देश कमजोर बन्दै गएको बताउनु हुन्थ्यो जुन कुराले मुलक यद्यपी पीडित छ ।
देशको अर्थतन्त्र बलियो हुन आयात प्रतिस्थापन हुने निर्यातमुलक उद्योगहरूको स्थापना हुनुपर्ने कुरामा बलियो मान्यता राख्नु हुने र चेम्बर अभियानमा समेत क्रियाशिल पूर्व उपाध्यक्ष प्रधानले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको भूमिकालाई समग्र निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने छ ।
निजी क्षेत्रलाई उद्योग व्यवसायको विकास मार्फत राष्ट्रिय अर्थतन्त्रको विकासमा एक ढिक्का बनाउने हो भने नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बिचार राख्नुहुने पूर्व उपाध्यक्ष प्रधानको बिचार आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ ।
स्वर्गीय प्रधानका एक छोरा, ५ छोरीहरू हुनुहुन्छ । पूर्व उपाध्यक्ष प्रधानको निधनबाट सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ भने महासंघले आफ्ना अग्रज गुमाएको छ । दुःखको यस घडिमा सिंगो महासंघ परिवार, सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछौं ।
शोकसभामा महासंघका पूर्व महासचिव जगदिश प्रसाद अग्रवालले महासंघमा पूर्व उपाध्यक्ष प्रधानसंगको तत्कालिन कार्यकालको स्मरण गर्नुभएको थियो । शोक सभामा स्वर्गीय प्रधानको सम्झनामा एक मिनेट मौन धारणा समेत गरिएको थियो ।
शोक सभामा महासंघका पूर्व अध्यक्ष पद्य ज्योति, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, स्वर्गीय प्रधानका छोरा रविन्द्र प्रधान, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ सहित सचिवालयका उच्च अधिकृतहरूको उपस्थिति थियो ।