Sep 20, 2024
नेपाल उद्योग वाणिज्य महासंघद्वारा विजनेस इन्टेलिजेन्स सिस्टम संचालनमा (२०८१/०६/०४) 

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । 

यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ । 



यसैगरि नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिनेछ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ । 

यो प्रणालीको उदघाटन गर्नु हुँदै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने वताउनुभयो । 



सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो । 



FNCCI launches Business Intelligence System

The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has officially launched its Business Intelligence System (BIS) on Tuesday. This system will be used for managing FNCCI's member database, conducting research and streamlining office operations.

All members' information will be stored in this system, making it accessible to the members themselves. Approximately 600,000 businesses are affiliated with the FNCCI, either directly or indirectly. The details of these members will be included in this system.

Furthermore, this system can be used to conduct surveys for formulating policy recommendations or for other research purposes.

As a knowledge platform, the FNCCI's studies, data and publications will be stored in this system and made accessible to the public.

Inaugurating the system, FNCCI President Chandra Prasad Dhakal stated that this system will facilitate the federation's research and policy advocacy.

The BIS portal has been developed by Smart Solutions Technology Pvt. Ltd. with technical support from the Asia Foundation Nepal for the Federation of Nepalese Chambers of Commerce and Industry.
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by