Oct 25, 2024
अध्यक्ष ढकालद्वारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रहः लगानी सहजीकरणमा महासंघले सघाउने (२०८१/०७/०९)

पछिल्लो तीन दशकमा भएको बजार बृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भएको छ । 
अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गर्नु भएको हो । उहाँले नेपालमा उत्पादन गरी यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण गराउनु भयो । 

यसै गरी भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिनु भयो । 

नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गर्नु भयो । संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उहाँले लगानीकर्ताहरूलाई देखाउनु भयो । 

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पार्नुभयोे । महासंघले एफडिआइ हेल्पडेस्क मार्पmत सहजीकरण गरिरहेको छ । 

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको वताउनु भयो । साथै सरकारले कानून सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उहाँले जानकारी गराउनु भयो । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागी हुने क्रममा वासिंगटनमा हुनुहुन्छ । यस अघि उहाँले अन्तराष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरूसंग पनि भेटघाट गर्नुभएको छ । 


President Dhakal urges American businesses to invest in Nepal: FNCCI to facilitate investment

In the past three decades, the market growth, duty-free access to developed countries like India, and energy purchase and sale agreements have made Nepal an attractive destination for foreign investors, said Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI).

At a programmeorganised by the US Chamber of Commerce in Washington, President Dhakal urged American businesses to invest in Nepal by considering both the Nepali and foreign markets. He drew the attention of investors to the possibility of producing in Nepal and selling in the domestic as well as the global market.

He also informed American investors about the immense potential in hydropower due to the 10,000 MW power purchase agreement with India and the recent understanding with Bangladesh.

Stating that Nepal's blend of nature and culture attracts tourists, President Dhakal invited investors to invest in tourism infrastructure. He highlighted the potential to develop hill stations with a cool and healthy environment within a two-hour distance from the Indian border, which has the world's largest population.

Informing that the Federation of Nepalese Chambers of Commerce and Industry has established an FDI Help Desk for investment facilitation, President Dhakal assured investors of necessary support. The FNCCI is providing facilitation through the FDI Help Desk.

Mentioning that Nepal has sufficient foreign exchange reserves, President Dhakal said that the investment risk has been decreasing. He also informed that the government has prepared legal reforms and the framework for a Bilateral Investment Agreement. President Dhakal is in Washington while participating in the annual meeting of the World Bank. Earlier, he had also met with senior officials of the International Finance Corporation.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by