Apr 11, 2025
वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्था सहित उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सम्मानित (२०८१/१२/२८)

नेपाल उद्योग वाणिज्य महासघंले वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्था सहित उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सम्मान गरेको छ । 

जस अनुसार महासघंले गठन गरेको प्राविधिक समितिको शिफारिशका आधारमा  महासंघको ५९औं वार्षिकोत्सवको अवसर ती संस्थालाई सम्मान गरिएको हो ।

यसक्रममा विधागत सम्मान अन्तरगत वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट डावर नेपाल प्रा.लि., बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये नविल बैंक लि, पर्यटन व्यवसाय गर्ने मध्ये तारागांउ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्ये भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामूलक उद्योग मध्ये भोटेकोशी पावर कम्पनी प्रा.लि., रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्ने मध्ये सिटी एक्सप्रेश मनी ट्रान्सफर प्रा.लि. र विशेष  उद्योगहरू मध्ये वरूण विभरेज नेपाल प्रा.लि.लाई सम्मान गरिएको हो ।
 

कार्यक्रम फोटोको लागिः https://photos.app.goo.gl/LtbJNnjngvsuM2NJ6

फेसबूक लाइभ लागिः https://www.facebook.com/share/v/16HxjAWYuh/



जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फ समुहबाट पाँचथर उद्योग वाणिज्य संघ, ख समुहबाट पर्वत उद्योग वाणिज्य संघ र ग समुहबाट चितवन उवासंघ रहेका छन् । 

यस्तै सस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेखनिय भूमिका निवाह गरेवापत सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गरिएको छ ।

साथै वस्तुगत समूहबाट उत्कृट देखिएको नेपाल हस्तकला महासंघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल–भारत उद्योग वाणिज्य संघ“ लाई सम्मान गरिएको छ । 

यसैगरी महासंघका प्रादेशिक शाखाहरूमध्ये उत्कृष्ट देखिएको “नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश“ लाइ कदर सम्मान गरिएको छ ।

यसैगरी महासंघमा २५ वर्ष सेवा अवधी पुरा गर्नुभएका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुर चन्द्र लामिछानेलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by