Jul 08, 2025
वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त (२०८२/०३/२४)

नेपाल उद्योग वाणिज्य महासंघ, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ ।

साथै, यस विपदमा परेका व्यक्तिहरूको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाहरूको सुरक्षित बसोबासका लागि महासंघ नेपाल सरकारसँग आग्रह पनि गर्दछ । 

वाढी पहिरोले चीनसंगको मुख्य व्यापारिक नाकामा सुख्खा वन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्टिक र मालवाहक सवारी साधनलाई बगाएको छ । यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीहरूले महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

महासंघ गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दुतावासलाई आवश्यक सहयोगका लागि पनि आग्रह गर्दछ । साथै चीन तर्फ फसेका नेपालीहरुको उद्धारका लागि कुटनीतिक पहल गर्न र नेपाल तर्फको उद्धारका लागि सरकारसंग महासंघले अनुरोध गर्दछ ।

साथै, बर्षाको समयमा बाढि पहिरोको जोखिम उच्च हुने हुँदा सुरक्षित रही व्यापार व्यवसाय गर्न महासंघ सम्पूर्ण उद्यागी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछ ।
 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by