Oct 11, 2023
२४ असोज, भरतपुर
उद्योग वाणिज्य संघ-चितवनको सभाकक्षमा आज नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना/सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आयोजना एवं उद्योग वाणिज्य संघ-चितवन, रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी छलफल भएको थियो ।
छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालले हामिले सोच्ने विकास भनेको पुल बाटो पुर्वधार मात्रै नभई पहिला मानव विकास हुन जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक लक्षित कार्यक्रमको कुनै प्रस्ताव भए मन्त्रालयमा ल्याउन पनि अनुरोध गर्नुभएको थियो । उहाँले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले गृहिणी महिला सशक्तीकरण कार्यक्रमको नीति निर्माण गर्न लागिरहेकोले निजी क्षेत्रको सुझाव भए पठाउन पनि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशवाट सिप सिकेर आएका नेपाली दाजुभाईहरुलाई नेपालमानै व्यवस्थापन गर्न प्रदेश सरकाले कुनै नीति निर्माण गरी बाहिर बाट सिकेको सिपलाई प्रयोगमा ल्याउनका लागि चिनवका निजी क्षेत्र सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
यस्तै उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले बागमती प्रदेश भित्रका सवै उद्योग वाणिज्य संघहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिदिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाई अनुरोध गर्नुभयो ।
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश महाशाखा प्रमुख खुबिराम अधिकारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी तिनै तहका संबैधानिक जिम्मेवारी र प्राविधिक तथा व्यवसायी शिक्षा र तालिम कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका पहलहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले उद्योग वाणिज्य संघ-चितवनले गरेका कार्यक्रम र भावि योजनाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना बागमती प्रदेशका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सिटिइभिटि/एनएसटिभि तथा सिप परीक्षण सम्बन्धी जानकारी, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी तथा सान्दर्भिकता, आरपिएल विधीबाट सिप परिक्षण तथा प्रदेशमा एन.भि.क्यू.एस को कार्यान्वयनमा निजी क्षेत्रको भुमिका र रोजगारीको लागि अनलाईन डाटावेस सिस्टमका साथै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आव २०८०/०८१ मा बागमती प्रदेशका ३०० जना सिपयुक्त जनशक्तीहरुको पूर्व सिकाई मान्यता विधिबाट सिप परिक्षण प्रमाणीकरण गर्ने योजना रहेको प्रस्तुतिकरण उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, उद्योग वाणिरज्य संघ - चितवनका कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायी गरी ५० जना भन्दा बढिको सहभागिता उद्योग वाणिज्य संघ - चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालको अध्यक्षतामा भएको थियो ।