May 20, 2024
पोखरा उवासंघमा इलाम उवासंघका व्यवसायीहरुको स्वागत

पोखरा, ६ जेठ ।

पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवर्द्धन र उत्पादित बस्तुहरुको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा अध्ययनका निम्ति पोखरा आइपुगेको उद्योगी÷व्यवसायीहरुसँगको अन्तरक्र्रिया कार्यक्रममा सो सहमति जुटेको हो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले इलाममा उत्पादित बस्तुहरुको पोखराको बजारमा खपत हुने सम्भावना बढी नै रहेको बताए । पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलाम र पोखराबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्य हुनसक्ने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख इलाम उत्पादकत्व बढी भएको जिल्ला भएको र त्यहाँ उत्पादित दुग्धजन्य परिकार र चियाको पोखरा राम्रो बजार हुनसक्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले इलामले पछिल्लो समय पर्यटन उद्योगमा गरेको लगानी र प्रवद्र्धन सह्रानीय भएको बताए ।

घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दीनेश श्रेष्ठले उद्योगी÷व्यवसायीहरुलाई राज्यबाटै यो वा त्यो बहानामा दुःख दिइएको गुनासो गरे ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद तथा महासचिव बलराम आचार्यको संचालन रहेका कार्यक्रममा बोल्दै इलामका महासचिव हेमन्त गौतमले निजी क्षेत्रबीचको सहकार्य बढाउन राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by