Sep 09, 2024
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतलाई संघमा स्वागत एवम् छलफल कार्यक्रम सम्पन्न


२४ भदौ, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृतलाई स्वागत गर्दै छलफल कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका लागि नवआगन्तुक प्रमुख कर अधिकृत पुण्य विक्रम खड्कालाई संघमा स्वागत गरेको हो ।

स्वागत एवम् छलफल कार्यक्रममा मन्तव्य व्यक्त गदैँ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नवआगन्तुक प्रमुख कर अधिकृतलाई चितवनको बसाई  सफताको शुभकामना व्यक्त गर्दै संघका बारेमा जानकारी गराउनु भयो । उहाँले व्यवसायी र कर कार्यालय विचको सम्बन्धलाई सहज र पारदर्शी बनाउँदै अनुगमन भन्दा पनि व्यवसायीलाइ शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले उद्योग वाणिज्य संघ चितवनले यसै वर्ष १५ औँ संकरणको चितवन महोत्सव–२०८१ यही आउदो पौष २५ गते देखी माघ ५ गते सम्म सञ्चालन गर्ने जानकारी गराउँदै सहयोगको अपेक्षा व्याक्त गर्नु भयो ।

कार्यक्रममा नवआगन्तुक प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर तिर्नु व्यवसायीको दायित्व भएको र कर कार्यालयको काम व्यक्तिको आयको प्रमाणित गर्ने भएको बताउँदै उहाँले सवै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नीतिलाई मानेर कार्य गर्न आग्रह गर्नु भयो ।  उहाँले उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुलाई कर दाखिला गर्ने कार्यमा सहज होस भनी आन्तरिक राजश्व कार्यालय भित्र हेल्प डेक्स सञ्चालन गरेकोमा संघलाई आभार प्रकट गर्दै त्यसलाई व्यवस्थित गराउने विषयमा प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले स्वच्छ, पारदर्शी र प्रविधि मैत्री कर प्रणालीको विकासका लागि जोड दिँदै उहाँले यस कार्यका लागि उद्योग वाणिज्य संघ–चितवन सधै सकरात्मक भएर सहयोग गर्ने बताउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान लगायत कार्यसमिति सदस्यज्यूहरु, संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता भएको स्वागत एवम् छलफल  कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको हो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by