Sep 12, 2024
नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभुत तालिम सम्पन्न

लेखनाथ, २७ भदौ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा निशुल्क तीन दिने नेतृत्व विकास र मौरी पालन सम्वन्धि आधारभुत तालिम सम्पन्न भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा वाणिज्य संघमा १ सय पाँच जना भन्दा वढि लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध सदस्य, व्यवसायी एवं कृषकहरुको सहभागीमा नेतृत्व विकास र मौरी पालन सम्बन्धि ३ दिने निशुल्क आधारभूत तालिम मंगलबारदेखि शुरु भएका छुटछुट्ै तालिम आज सम्पन्न भएको हो ।

सहभागिहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीको शारिरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला व्यवस्थापन, मौरीमा हुल निर्यास र त्यसको व्यवस्थापन, मौरी गोला संयोजन तथा मौरी गोला विभाजन प्रयोगात्मक र व्यहारिक तालिममा मुख्य विषय रहेको थियो । त्यस्तै, मौरीको पालनमा प्रयोग हुने घार तथा उपकरणहरुको जानकारी कृतिम आहार, आधारचाका, आधारचाका व्यवस्थापन, मौरीको लडाई झगडा, लुटपाट र त्यसको रोकथाम, मौरी चरण पात्रो निर्माण तथा व्यवस्थापन, मौरीका रोग र कुपोषण, विषादी र मौरी, मह उत्पादन, प्रशोधन, भण्डारण र प्रयोग, फिल्ड, मौरीजन्य उत्पानहरु लगायतका विषयमा तालिम प्रदान गरिएको थियो भने वाली विशेषज्ञ धनबहादुर राना र प्रशिक्षक रमेश राज पौडेलले प्रशिक्षण दिएका थिए । मौरीपालक सहभागीहरुको तर्फबाट देर्गा देवी पाठक र इश्वर थापाले तालिम अति राम्रो भएको बताउनुहुदै समय अलि बढाउनुपर्ने सुझाव राखेका थिए ।

यसै गरी व्यवसायी एवं उद्योगीहरुकोे क्षमता र व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले ३ दिने नेतृत्व विकास तालिममा सहभागी प्रताप ओझा, सर्मिला खड्का, तालिम पश्चात आफूहरुले आत्मविश्वासका साथै माईक समाएर निर्धक्क भएर बोल्न सक्ने, असल उद्घोषक बन्नका लागि गर्नुपर्ने कुरा र कसरी कार्यक्रम सञ्चालन गरिन्छ भन्ने कुराबारे थाहा भएको बताए ।

३ दिन सम्म सन्चालन तालिममा प्रशिक्षक नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पत्रकार दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले ३ दिनसम्म तालिममा सहभागी भएर सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा ल्याउनुपर्ने बताए ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by