Mar 17, 2026
महिला उद्यमीहरुलाई चितवन उद्योग वाणिज्य संघले दियो  दुई दिने कर सम्बन्धी तालिम

३ चैत्र २०८२
चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । तालिम महिला उद्यमहरुलाई आयकर  तथा मूल्य अभिवृद्धि कर लगायत मिसम्याच एवम् करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् GIZ RSRSD को प्राविधिक सहयोगमा कृष्णपुर स्थित चितवन होलिडे पार्टी भेनुको सभाहलमा भएको थियो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले करका नीति नियम तथा कर सम्बन्ध कार्यमा व्यवसायीलाई सहज गराउने उद्देश्यले तालिमको आयोजना गरेको बताउँदै उहाँले सहभागी महिला उद्यमीहरुलाई सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न अनुरोध गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सम्बन्धी व्यवसायीहरुले जानेको छैन भनेर छुट नहुने भन्दै उहाँले यस्ता किसिमका प्रशिक्षण कार्यक्रमले व्यवसायीहरुलाई फाइदा हुने बताउनुभयो । उहाँले प्रशिक्षकहरुलाई करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रम  सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन सहित औपचारिक कार्यक्रम समापन गर्दै चतवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ‌ओलीले महिला उद्यमशीलता विकासका लागि चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुको मागका आधारमा अन्य तालिम उपलब्ध गराउन सधै तयार रहेको बताउनुभएको थियो ।

चैत्र २ र ३ गते गरी दुई दिन सम्म चलेको तालिममा सिए विमन कार्की र विकास तिवारी, सिए विशाल भट्टराई र सिए कविता चौधरीले  कार्यक्रमको मध्यस्तता गर्नु भएको तालिममा ८० जना महिला उद्यमीको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघको निर्वतमा अध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष दय नारायण प्रधान, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्यसमिति सदस्यहरु लगायत महिला उद्यमीहरुको सहभागिता रहेकोे थियो । संघले यस वर्ष पनि करदातालाई करदाता शिक्षा लगायतका कार्यक्रमहरुलाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by