»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा उद्योगी/व्यापारी माथि गरिएको आक्रमणको भत्र्सना


मितिः २०६३/७/१७

बारा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवं मुन्ना तेल उद्योगका संचालक अभिमन्युकुमार साहलाई हिजो दिउसो कार्यस्थलमा बसीरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी गंभीर घाइते बनाएको र गएराति १ बजे बारा जिल्लाकै छातापिपरा गा.वि.स. नितनपुर चौकस्थित बग्गा आयल स्टोरका व्यापारी अमरजित सिंहलाई अज्ञात समूहले टाउकोमा गोली हानी हत्या गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । महासंघ यस्ता कायरतापूर्ण कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।

निजी क्षेत्रले निरन्तर रुपमा उठाउंदै आएको शान्ति सुरक्षाको गंभीर मुद्दालाई वेवास्ता गरिंदा यस्ता घटनाहरु वारंवार दोहोरिने गरेको ठहर महासंघको छ । उद्योग व्यवसाय संचालन गरी मुलुकका लागि सेवा दिइरहेको वर्गमाथि बारम्वार हुने यस प्रकारका जघन्य आक्रमणबाट निजी क्षेत्र थप त्रसित हुन पुगेको छ । यस्ता घटनाहरु पुनः दोहोरिन नदिने तर्फसरकारको गंभीर ध्यानाकर्षण गराउंदै घटनामा संलग्न दोषीहरु उपर तत्काल कडाभन्दा कडा कारवाही गरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघ जोडदार माग गर्दछ ।

साथै घाइते अभिमन्युकुमार साहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वर्गीय व्यापारी अमरजित सिंहको आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त सिंह परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.