»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका द्वितीय उपाध्यक्ष एशिया इन्भेष्ट कार्यक्रममा भागलिन चीन प्रस्थान


मितिः २०६३/७/१८

नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी यूरोपियन यूनियन चेम्वर अफ कमर्स (European Union Chamber of Commerce in China) द्वारा जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको चेन्दुमा यही कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिन लागेको एशिया इन्भेष्ट फोरम चाइना-२००६ (Asia-Invest Forum China 2006) कार्यक्रममा भाग लिन आज त्यस तर्फप्रस्थान गर्नु भयो ।

उक्त कार्यक्रममा यूरोपियन संघ अन्तरगतका राष्ट्रहरु र एशियाली राष्ट्रहरुका व्यवसायिक संस्थाहरु बीच खुल्ला व्यापार, लगानी प्रवर्द्धनका विषयमा पर्याप्त संवाद, अन्तरक्रिया तथा अनुभव आदानप्रदान हुने छ । यो कार्यक्रमले आगामी दिनमा यूरोप-एशिया बीच नयां व्यवसायिक अवसरहरुको खोजीमा पनि महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रमका अवसरमा महासंघका उपाध्यक्ष जोशीले नेपालमा साना तथा मझौला उद्योग व्यवसायको अवस्था, अर्थतन्त्रमा यसको योगदान, महासंघमा संचालित परियोजनाहरु, महासंघ र नेपाल सरकारको सहकार्यमा संचालित इलम प्रशिक्षण केन्द्र आदि विषयहरुमा पर्याप्त छलफल गर्नु हुनेछ ।

युरोप तथा एशियाका साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने मुख्य लक्ष्य रहेको एशिया इन्भेष्ट फोरम चाइनालाई यूरोपियन आयोगको एशिया-इन्भेष्ट कार्यक्रमको सहयोग रहेको छ ।

उक्त सम्मेलनमा दुवै महादेशबाट त्यहांका निजी क्षेत्रका उद्योग वाणिज्य महासंघहरु, व्यवसायिक संघहरु, सरकारी प्रतिनिधिहरु, यूरोपियन आयोग तथा एशिया इन्भेष्ट कार्यक्रमका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहनेछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.