मितिः २०६३/७/२०
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा हिजो महासंघको सचिवालयमा बसेको कार्यकारिणी समितिको बैठकले मुलुकको शान्ति सुरक्षाको व्रि्रदो अवस्थाप्रति गंभीर चिन्ता प्रकट गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षा गराएको छ ।
बैठकलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले बीरगंज भेलाद्वारा पारित निजी क्षेत्रका मागहरु पूरा गराउन महासंघद्वारा चालिएका कदमहरु र यस सम्बन्धी गतिविधि एवं घटनाक्रम र यस अवधिमा महासंघले अन्तर्राष्ट्रिय सर्म्पर्क विस्तारमा हासिल गरेका उपलव्धी सम्बन्धमा बैठकलाई जानकारी गराउनुहुंदै शान्ति सुरक्षाको व्रि्रदो अवस्था, निजी क्षेत्रका समस्याप्रति महासंघले सरकार एवं नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरु र कुटनीतिक क्षेत्रमा समेत कुराहरु राखी सकेको बताउनु भयो ।
बैठकमा शान्ति सुरक्षाको व्रि्रदो अवस्था, चन्दा आतंक, उद्योग व्यवसायी माथि बढ्दो सांघातिक आक्रमण, औद्योगिक अशान्ति, ट्रक सिण्डकेट प्रथाबाट उत्पन्न जटिल परिस्थिति आदि सम्बन्धमा गंभीर छलफल हुनुका साथै हालको व्रि्रदो अवस्था सुधारका लागि नेपाल सरकार तथा नेकपा (माओवादी) लाई दवाव दिनु पर्ने कुरामा जोड दिइयो । साथै बैठकले बारा जिल्लाका उद्योगी व्यापारी माथि हालै भएको आक्रमण तथा हत्याको घोर भत्र्सना गर्दै शान्ति सुरक्षाको पर्याप्त व्यवस्था हुनुपर्ने र निजी क्षेत्रका मागहरुप्रति सरकार तथा नेकपा-माओवादी) लगायतका राजनीतिक दलहरु उदासिन देखिएकोले माग पूरा गराउन आन्दोलनलाई अघि बढाउनु पर्नेमा जोड दियो ।
सो वैठकले महासंघको आ.व. २०६३/६४ को बजेट तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । जसअनुसार आय तर्फ४ करोड ६ लाख ५६ हजार रुपैयां र व्यय तर्फरु. ४ करोड ४ लाख ५५ हजार रुपौयांको कार्यक्रम बजेट विनियोजन गरिएको छ ।
बैठकले महासंघको सचिवालय सुदृढीकरणका लागि रोहिणी थपलियाको संयोजकत्वमा अशोककुमार तोदी, किरण प्रकाश साःख, लोक विक्रम थापा र प्रदीपमान वैद्य रहनु भएको पांच सदस्यीय कार्यदल गठन गरी कार्यदलले दिएको सुझावका आधारमा सुदृढीकरणको कार्यलाई अघि बढाउने निर्णय समेत गरेको छ ।
महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठले सदस्यता समितिको सिफारिस अनुसार प्रस्तुत गर्नु भएको सदस्यता सम्बन्धमा उक्त वैठकले निम्न संघ/उद्योग प्रतिष्ठाानहरुलाई महासंघको सदस्यता प्रदान गर्ने निर्णय गरेको छः
जिल्ला उवासंघ
वस्तुगत संघहरु
- नेपाल ह्याचरी उद्योग संघ
- नेपाल गलैंचा निकासीकर्ता संघ
- नेपाल पश्मिना उद्योग संघ
द्विराष्ट्रिय उवासंघ
- नेपाल-चीन उद्योग वाणिज्य संघ
एशोसिएट
- ए.एम इन्टरनेशनल प्रा.लि.
- एभिन्यूज टेलिभिजन प्रा..लि
- सानिमा विकास वित्तिय संस्था लि.
- ग्याविओनेट प्रा.लि.
स्काई केवल टि.भी. प्रा.लि.सो बैठकले महासंघका परिषद/समिति/फोरमका सभापतिहरु र अञ्चल प्रतिनिधिहरुद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्नुका साथै महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन गर्यो ।
सो बैठकमा महासंघका सल्लाहकार समितिका संयोजक एवं पूर्व अध्यक्ष महेशलाल प्रधान, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य रविभक्त श्रेष्ठ, प्रथम उपाध्यक्ष दिवाकर गोल्छा, तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ, रोजगारदाता परिषद्का निमित्त सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठको समेत सहभागिता थियो ।