»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-बंगलादेश व्यापार विस्तारमा निजी क्षेत्रको भूमिका माथि छलफल


मितिः२०६३/७/२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल र नेपालका लागि वंगलादेशका नवनियुक्त राजदुत इमतिआज अहमद (Imtiaz Ahmed) बीच आज महासंघको सचिवालयमा भएको भेटघाटमा द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिकाका विषयमा विस्तृत छलफल भयो ।

महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, कार्यकारिणी समिति सदस्यहरु अखिलकुमार चापागाई, प्रदीपजंग पाण्डे र निमित्त महानिर्देशक मेघनाथ न्यौपानेको उपस्थिति रहेको सो भेटघाट कार्यक्रममा पर्याप्त संभावना भएपनि द्विपक्षीय व्यापारको आंकडा संतोषजनक नभएको अवस्थामा व्यापार विस्तारका लागि दुवै देशका निजी क्षेत्रले देखाएको सक्रियतालाई सरकारी तहबाट पनि सहयोगको आवश्यकता औल्याइयो ।

सो अवसरमा राजदुत अहमदको स्वागत गर्नुहुदै महासंघका अध्यक्ष ढकालले व्यापार विस्तार, लगानी प्रवर्द्धनका क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासंघले वंगलादेश उद्योग वाणिज्य महासंघसंग एकसाथ कार्य गर्दै आएको तथा फूलवारी-वंगलावन्ध मार्गको सूचारु संचालनको व्यवस्था समेतका लागि पहल भई आएकोमा सो अझै कार्यान्वयन भैनसकेको जानकारी गराउंदै दुई पक्षिय व्यापार विस्तारका क्रममा निजी क्षेत्रले दिएका सुझावलाई दुवै देशका सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

राजदुत अहमदले वंगलादेशले नेपालसंगको आर्थिक सम्बन्ध विस्तारलाई विशेष जोड दिएको वताउंदै यसका लागि राजदुतावास र आफनो तर्फबाट पनि आवश्यक सहयोग गर्न आफू तयार रहेको र व्यापार विस्तारका लागि के कस्तो सहयोग आवश्यक पर्छ आफुले त्यसमा नेपाली निजी क्षेत्रसंग नजिक रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.