»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सिण्डिकेट प्रथा खारेजी गर्नुपर्ने जायज माग सहित विरोधमा उत्रिएका व्यवसायीहरु माथि भएको आक्रमणको भत्र्सना


मितिः२०६३/७/२३

अधिराज्यका विभिन्न भागमा ढुवानी व्यवसायमा एकतर्फि रुपमा लागू गरिएको कानूनद्वारा समेत वर्जित चक्र प्रणाली (ट्रक सिण्डिकेट प्रथा) का कारण उद्योग व्यापार व्यवसाय संचालन समस्या ग्रस्त बन्दै गएको भनि निजी क्षेत्रले बारम्वार आवाज उठाउंदै आएको र नेपाल सरकार गृह मन्त्रालयले समेत यही कार्तिक २० गते सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था विपरित अस्वस्थ एवं चक्रप्रणाली अनुरुप यातायात एवं ढुवानी सेवा सिण्डिकेट प्रथाबाट नगर्न गरेको आग्रहको समेत वर्खिलाप गरी सिण्डिकेट प्रथाको बचाउ गर्दै सेती-महाकाली ट्रक व्यवसायी संघ र त्यस संघसंग आवद्ध व्यवसायीहरुले सिण्डिकेट प्रथाको विरोधमा रहेको कैलाली उद्योग वाणिज्य संघसंग आवद्ध व्यवसायीहरुको जुलुसमाथि धनगढीमा हिजो गरेको सांघातिक हमला र त्यसबाट उत्पन्न परिस्थिति प्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता प्रकट गर्दै त्यसप्रकारको व्यवहारको घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै महासंघ सिण्डिकेट प्रथाको विरोधमा कैलाली उद्योग वाणिज्य संघले आव्हान गरेको विरोध कार्यक्रमप्रति ऐक्यवद्धता समेत प्रकट गर्दछ ।

ट्रक सिण्डिकेट प्रथाको कारण भाडादर निर्धारणमा एकाधिकार हुन गई उपभोग्य वस्तुको मुल्यवृद्धि भई आम उपभोक्ताको हित विपरित हुने यसप्रकारका गैर कानूनी कार्यको विरोधमा शान्तिपूर्ण रुपमा निक्लेको व्यवासायीहरुको जुलुस माथि भएको यस प्रकारको सांघातिक आक्रमण र त्यसक्रममा भएको व्यक्तिगत पसल तोडफोड तथा क्षतिप्रति दुःख व्यक्त गर्दै घटनामा संलग्नहरुलाई तत्काल छानविन गरी आवश्यक कारवाही सहित क्षति भएको मालवस्तुको उचित क्षतिपूर्ति उपलव्ध गराउन महासंघ सरकार समक्ष जोडदार माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.