»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चिनियाँ उद्यमी व्यवसायी नेपालमा लगानीका लागि प्रोत्साहित


मितिः२०६३/७/२३

नेपालमा लामो समयदेखि चल्दै आएको द्वन्द समाधान गर्ने क्रममा सत्तारुढ सात दल र नेकपा (माओवादी) बीच शीर्ष वार्ता सफल भई दुवै पक्ष बीच सहमति भएकोमा नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रशन्नता व्यक्त गर्दै यसबाट नेपालमा लगानी प्रवाहका लागि चिनियाँ उद्यमी व्यवसायी प्रोत्साहित भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र चीनको उत्तर पूर्वी प्रान्त शेनयाङ्ग (Shenyang) स्थित शेनयाङ्ग विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग विभाग (International Cooperation Department of Shenyang Science and Technology Bureau) का निर्देशक झाङ्ग लिङ्ग (Ms. Zhang Ling) को नेतृत्वमा नेपाल भ्रमणमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डल बीच आज महासंघमा आयोजित बैठकमा सो प्रतिनिधिमण्डलले उक्त कुरा बताएको हो ।

महासंघका अध्यक्ष चण्डिराज ढकालले प्रतिनिधिमण्डललाई सम्बोधन गर्नु हुंदै सरकार र द्वन्दरत पक्ष बीच हिजो भएको सहमतिले नेपालमा शीघ्र दीगो र स्थायी शान्ति स्थापना भई लगानी एवं पर्यटन प्रबर्द्धनका लागि अत्यन्त उपयुक्त स्थल बन्ने भएकाले लगानीका निम्ति अहिले धेरै राम्रो समय भएको उल्लेख गर्नु भयो ।

साथै उहांले नेपालमा विगतमा द्वन्दका कारण विनास भएका भौतिक पूर्वाधारहरुको पूनर्निर्माण लगायत जलविद्युत, खनिज तथा कृषिजन्य उद्योग, निर्माण, पर्यटन, उत्पादनमूलक उद्योग, औषधि, जडिबूटी, वित्तिय तथा सेवा आदि क्षेत्रमा चिनियाँ प्रविधिको उपयोगबाट नेपाली उत्पादन र सेवा विश्व बजारमा तुलनात्मक लाभयुक्त हुन सक्ने बताउनु हुंदै चीन सरकारद्वारा प्रतिबद्धता व्यक्त गरे अनुसार नेपाललाई चिनियाँ रेलमार्गद्वारा जोडिएपछि नेपाल व्यवसाय एवं लगानीका लागि अतिनै उपयुक्त स्थल हुने उल्लेख गर्नु भयो ।

नेपाल र चीन बीच आर्थिक सम्बन्ध विस्तारका साथै द्विपक्षीय औद्योगिक व्यवसायिक सम्बन्ध विस्तारको क्षेत्रमा नेपाल-चीन गैर सरकारी सहयोग मञ्च (Nepal-China Non Govermental Coopeation Forum) का प्रयास एवं उपलव्धि वारे चर्चा गर्नु हुंदै चीनसंग रहेको नेपालको ठूलो व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा रियायति प्रवेश दिने कुरालाई छिट्टैनै व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष ढकालले विश्व व्यापार संगठन (WTO) को प्रावधान अनुसार अल्पविकसित देश भएका कारण नेपालले व्यापारमा सहुलियत प्राप्त गर्नुको साथै साफ्टा (SAFTA) र विम्स्टेक (BIMSTEC) को सदस्य समेत भएकाले नेपालमा लगानी गरी दक्षिण एशियाली मुलुक लगायत विश्व बजारमै निर्यात गर्नु अत्यन्त लाभदायक हुने उल्लेख गर्नु हुंदै लगानी विस्तारका लागि प्रतिनिधिमण्डल र सूचनाको आदान प्रदानमा तिब्रता ल्याउनु पर्ने बताउनु भयो ।

चिनियाँ प्रतिनिधिमण्डलकी नेतृ सुश्री लिङ्ग (Ms Ling) ले लगानीका लागि शान्ति सुरक्षा, राजनीतिक स्थायित्व, अनुकूल एवं प्रोत्साहनदायी वातावरण हुनु पर्ने उल्लेख गर्नु हुंदै खाद्य उद्योग, सूचना प्रविधि, जलविद्युत, पर्यटन, कृषि उद्यम, मेशिनरी एवं सम्भाव्य तथा उपयुक्त अन्य उद्योग व्यवसायमा लगानी गर्न चिनियाँ पक्ष इच्छुक रहेको जानकारी दिनु भयो ।

महासंघको रोजगारदाता परिषद्का नि. सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ, समिति सभापति ए.जी. शेर्पा, प्रदीपजंग पाण्डे, प्रदीपमान बैद्य, फोरम संयोजक ध्रुव कुमार श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य लंकमान रोका तथा भू.पू. उपाध्यक्ष एवं कार्यकारिणी समिति सदस्य सुरज बैद्य, नेपाल फ्रेट फर्वार्डस एशोसिएशनका अध्यक्ष नामग्याल लामा र महासंघका नि. महानिर्देशक मेघनाथ न्यौपानेको सहभागिता रहेको उक्त बैठकमा भएको छलफलमा नेपाली पक्षले विश्वमा दोश्रो ठूलो सिमेन्ट उत्पादक देश चीनले नेपालमा उपलव्ध कच्चा पदार्थको उपयोगबाट सिमेन्ट उत्पादन गरी अन्य मुलुकमा निर्यात गर्नु निकै लाभदायक हुने, नेपाल र चीन बीच स्थल मार्गहरु विस्तार गरी पारवहनलाई सहज बनाउनु पर्ने, पर्यटन प्रबर्द्धनका लागि नेपाल र चीनका विभिन्न शहर हवाई मार्ग उडान विस्तार गर्नु पर्ने, औषधि तथा जडिबूटीको क्षेत्रमा चिनियाँ अनुभव र प्रविधि अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.