»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नयां दिल्लीमा आयोजित अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको सहभागिता उत्साहजनक


मितिः२०६३/७/३०

भारतको नयां दिल्लीस्थित प्रगति मैदानमा संचालित भारत अन्तराष्ट्रिय व्यापार मेला (India International Trade Fair-2006) मा नेपाल उद्योग वाणिज्य महासंघ र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विभिन्न ६ वटा स्टलहरु मार्फत नेपाली उत्पादनहरु प्रवर्द्धन गरिएको छ ।

उक्त मेलामा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास मंचकी सभापति श्रीमती शान्ति चड्डाको नेतृत्वमा नेपाली महिला उद्यमीहरुको सहभागिता रहेको छ ।

भारतीय बजारमा नेपाली वस्तुहरुको प्रवर्द्धन गर्ने लक्ष्यका साथ भाग लिइएको सो मेलामा नेपाली स्टलहरुमा विशेषगरी पश्मिना, नेपाली हाते कागज र मकैको खोस्टाबाट बनेका बस्तुहरु, ऊनका टोपी, मोजा, लप्सी तथा लप्सीबाट बनेका मिर्ठाईहरु, हस्तकलाका सामानहरु तथा विभिन्न जिल्लाका महिलाहरुद्वारा उत्पादित वस्तुहरु राखिएका छन् । यहि कार्तिक २८ गते उद्घाटित सो मेला आगामी मंसिर १२ गतेसम्म संचालन हुनेछ ।

मेलामा नेपाली उत्पादनहरु पश्मिना, नेपाली हाते कागजका उत्पादनहरु, ऊनी मोजा, लप्सी तथा लप्सीका मिठाइहरु र अंगोरा प्रोडक्टहरु, पोते आदि वस्तुहरु प्रशस्त मात्रामा विक्री हुनुको साथै ती वस्तुहरुको थोक विक्री गर्न इच्छा प्रकट गर्नेहरु समेत भेटिएका छन् ।

मेलामा नेपालको सहभागिताबाट भारतीय बजारमा नेपाली वस्तुहरुको प्रवर्द्धन तथा अमेरिकाको न्यूयोर्क लगायतका क्षेत्रमा आयोजना हुने अन्य मेलाहरुमा समेत नेपालको सहभागिताका विषयमा उक्त मेलामा सहभागी हुन आएका सहभागी देशका प्रतिनिधिहरुसंग पर्याप्त छलफल तथा अन्तरक्रियाहरु समेत भएका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.