»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उपक्षेत्रीय आर्थिक सहयोग सम्बन्धी सम्मेलनमा नेउवामहासंघका द्वितीय उपाध्यक्ष जोशी


मितिः२०६३/८/४

थाइल्याण्डको बैंङककमा भोलीदेखि हुने दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (South Asia Sub-regional Economic Cooperation-SASEC) सम्बन्धी तेश्रो सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी आज त्यस तर्फ प्रस्थान गर्नु भयो ।

एशियाली विकास बैंक (ADB) ले आयोजना गरेको उक्त सम्मेलनलाई मुख्य रुपमा (क) व्यापार, लगानी तथा निजी क्षेत्र कार्य समूह (ख) यातायात कार्य समूह नामाकरण गरिएको छ र सो कार्यक्रममा यस अघिका सम्मेलन एवं बैठकहरुबाट पारित यस उपक्षेत्रको आर्थिक, व्यापारिक, लगानी, यातायात विषयका सुझावहरुको कार्यान्वयनका लागि सहयोग जुटाउने सम्बन्धमा सदस्य राष्ट्रहरु बीच छलफल हुने कार्यक्रम छ ।

उक्त कार्यक्रममा महासंघका द्वितीय उपाध्यक्ष जोशीले व्यापार, यातायात तथा लगानीका क्षेत्रमा क्षेत्रीय सहयोगः निजी क्षेत्रको अवधारणाः (Private Sector Perspective: Regional Cooperation on Trade, Transport & Investment) विषयक कार्यपत्र पेश गर्नु हुने छ । सासेकमा नेपाल लगायत बंगलादेश, भुटान र भारत सदस्य रहेका छन् । कार्यक्रम यही मंसिर ८ गतेसम्म संचालन हुने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.