»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति सम्झौताको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत


शान्ति सम्झौताको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत
-सम्झौता अक्षरसः पालना हुनेमा निजी क्षेत्र विश्वस्त-

मितिः२०६३/८/६

लामो सशस्त्र द्वन्द र यसबाट सिर्जित समस्याबाट आम जनताको जनजीवन तथा उद्योग वाणिज्य लगायत सम्पूर्ण पेशा व्यवसाय तहस नहस र अस्तव्यस्त भएको र ठूलो जनधनको क्षति हुंदै गएको अवस्थामा सफल जन आन्दोलन-२ पछि सत्तारुढ सात राजनीतिक दल एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच विभिन्न विषयमा सहमति भई युद्ध विरामलाई दीर्घकालिन शान्तिमा परिणत गर्ने प्रतिवद्धताका साथ सशस्त्र युद्ध समाप्तिको घोषणा सहित नेपाल सरकार र नेकपा (माओवादी)का बीच हिजो भएको ऐतिहासिक विस्तृत शान्ति सम्झौताको सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक स्वागत गर्दछ ।

द्वन्दको प्रारम्भ देखिनै नेपाल उद्योग वाणिज्य महासंघले शान्तिपूर्ण वार्ताद्वारा द्वन्दको समाधान हुनु पर्नेमा जोड दिंदै अनेकन पहल, प्रयास र सो सम्बन्धमा विभिन्न दवावमूलक तथा सन्देशमूलक कार्यक्रमहरु समेत गर्दै आएको स्मरणयोग्य हुन आउंदछ । उक्त सम्झौता विश्वमै एक उदाहरणीय र राजनीतिक महत्वको हुन पुगेको छ । द्वन्द समाधान गरी शान्ति स्थापनामा नेपाल र नेपालीको छवि एवं क्षमता विश्वमै महत्वपूर्ण रुपमा उजागर गर्नुको साथै एक सम्पन्न एवं नयां नेपाल बनाउने कार्यमा समेत सो सम्झौता कोसेढुंङ्गा सावित हुने अपेक्षा महासंघले गरेको छ ।

उक्त सम्झौतामा उल्लेखित आर्थिक-सामाजिक रुपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने, राष्ट्रिय उद्योगधन्दा र साधन स्रोतको संरक्षण र प्रवर्द्धन गर्ने, देशको आर्थिक-सामाजिक रुपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रुपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने र उद्योगधन्दा, व्यापार, निर्यात प्रवर्द्धनका लागि लगानी वृद्धि गरी रोजगारी एवं आय आर्जनका अवसरहरुको व्यापक वृद्धि गर्ने नीति अनुसरण गर्ने लगायत आर्थिक-सामाजिक अधिकार अर्न्तर्गत व्यक्तिले स्वतन्त्र रुपले छानेको वा स्वीकारेको रोजगारी गरी जीविकोपार्जन गर्ने अधिकारको सम्मान र संरक्षण गर्ने, कानून बमोजिम बाहेक कसैको पनि व्यक्तिगत सम्पत्ति जफत वा कव्जा नगरिने, औद्योगिक वातावरणलाई नखलबल्याई उत्पादनलाई निरन्तरता दिने, औद्योगिक प्रतिष्ठानमा सामूहिक सौदावाजीको हक एवं सामाजिक सुरक्षाको सम्मान गर्ने, शान्तिपूर्ण रुपमा श्रम समस्याको समाधान गर्ने जस्ता कुराहरु समेत सकारात्मक छन् ।

लामो सशस्त्र द्वन्दको निरन्तरताको अन्त भई नयाँ नेपाल निर्माणको क्रम प्रारम्भ हुन लागेको यस घडिमा उद्योग व्यापार व्यवसायको विकास विना कुनै पनि मुलुकको समग्र विकास हुन नसक्ने विश्वव्यापि मान्यता र यथार्थतालाई आत्मसात गरि नाजुक अवस्थामा पुगेको उद्योग व्यापार व्यवसायको विकासलाई तिब्रता दिन दीगो र स्थायी शान्ति स्थापना सहित आवश्यक अनूकुल वातावरण सिर्जना गर्न आर्थिक एजेण्डालाई प्राथमिकता दिई अघि बढाउनु अति आवश्यक भएको पृष्ठभूमिमा सम्झौतामा उल्लेखित विषयहरुको सफल कार्यान्वयनका लागि गर्नु पर्ने काम सबै पक्षले संयमता र इमान्दारितापूर्वक सम्पन्न गर्नु पर्ने र सो कार्यमा निजी क्षेत्रको पूर्ण प्रतिवद्धता सहित निरन्तर संलग्नता रहने विश्वास समेत महासंघ व्यक्त गर्न चाहान्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.