»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायी माथि भएको आक्रमण र लुटपाटको घोर भर्त्सना सहित सुरक्षा व्यवस्था मजबूत बनाउन महासंघद्वारा जोडदार आग्रह


मितिः२०६३/८/१४

एघार वर्षसम्मको सशस्त्र द्वन्दको निरन्तरताको अन्त भई नयाँ नेपाल निर्माणको क्रम प्रारम्भ हुन लागेको वर्तमान अवस्थामा देशका विभिन्न स्थानमा आक्रमण, चोरी, डकैति एवं लुटपाट निरन्तर हुने गरेको र यसै क्रममा नेपाल सुनचांदी व्यवसायी संघ ललितपुर शाखाका सदस्य विकास रत्न शाक्यले यही मंसीर ११ गते पसल बन्द गरी घर जांदा घर भित्रै गई लुटेराहरुले पेस्तोल लगायतका हतियारबाट निज शाक्य माथि सांघातिक आक्रमण गरी र्घाईते बनाउनुका साथै सम्पूर्ण गरगहना र नगद लुटि लगेकोमा नेपाल उद्योग वाणिज्य महासंघ त्यसको घोर भर्त्सना गर्नुका साथै घटनाका दोषिहरु शीघ्र पत्ता लगाई कडा कारवाही गर्न, पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन र यस्ता घटना पुनः हुन नदिन महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षा गर्दछ ।

व्यवसायिक सुरक्षाको प्रत्याभूति हुन नसक्दा यसरी उद्योगी व्यवसायी माथि समय समयमा आक्रमण गरिनुका साथै चोरी डकैति, लुटपाट जस्ता घटनाहरु हुने गरेका र यसबाट उद्योगी व्यवसायी लगायत आम जनताले समेत सुरक्षित महसूस गर्न नसकेकोले सुरक्षा व्यवस्था अझ मजबूत बनाउने आवश्यक व्यवस्था तत्काल मिलाउन पनि महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.