»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महिला उद्यमी विकासका लागि नीतिगत एवं प्रकृयागत रुपमा प्रोत्साहनदायी व्यवस्था हुनुपर्नेमा जोड


मितिः२०६३/८/२१

कूल जनसंख्याको आधा हिस्सा ओगटेका नेपाली महिलाहरुको आर्थिक-सामाजिक उत्थानका साथै महिला सशक्तिकरणका लागि उद्योग व्यवसायमा महिलाहरुको सहभागिता बढाउनु पर्ने र यसका लागि महिला उद्यमशीलता विकासलाई अझ प्रभावकारी बनाउनुका साथै महिला उद्यमीहरुका लागि सरल रुपमा कम व्याजदरमा कर्जा उपलब्ध गराउने, शीप तथा क्षमता विकास सम्बन्धी कार्यक्रमहरु एकीकृत एवं समन्वयात्मक रुपमा संचालन गर्ने, उनीहरुद्वारा संचालित उद्योगको लागि आवश्यक कच्चा पदार्थ सरल र निरन्तर रुपमा उपलब्ध गराउने, प्राविधिक सहयोग निश्चित रुपमा प्रदान गर्ने र बजार पर््रवर्द्धनका लागि प्रोत्साहनदायी नीतिगत एवं प्रकृयागत व्यवस्था हुनु पर्नेमा महिला उद्यमीहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ-महिला उद्यमी विकास फोरम र भक्तपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिका संयोजक ऋद्धि अमात्यको संयोजकत्वमा भक्तपुर जिल्लाका महिला उद्यमीहरुको प्रवर्द्धन, दीगो विकास तथा विद्यमान अवसरहरुको उपयोगका लागि काठमाडौं र ललितपुरका विभिन्न संघ/संस्थाको अध्ययन/अवलोकन भ्रमणमा आएको एघार सदस्यीय महिला उद्यमीहरुको टोलि वीच महासंघको सचिवालयमा हिजो आयोजित अन्तरकृयामा यो कुरामा जोड दिइएको हो ।

काष्ठकला, नेपाली कागज, चित्रकला लगायतका हस्तकला एवं जडिबुटि, औषधि, चिया, सौर्न्दर्य सामग्री, तरकारी फलफूल तथा अचार लगायतका खाद्य वस्तु, खेलौना, स्टेशनरी सामान, होटल तथा रेष्टुरेन्टसंग सम्बन्धित प्रतिनिधिमण्डलका सदस्य महिला उद्यमीहरुको स्वागत गर्दै महासंघको उक्त फोरमकी सह-सभापति उर्मिला श्रेष्ठले महासंघको सकृय पहलमा हालसम्म अधिराज्यका ३६ जिल्लामा महिला उद्यमी विकास इकाई गठन गरिएको र यसलाई ७५ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखिनुका साथै महिला उद्यमी विकास एवं यससंग सम्बन्धित समस्या समाधानका लागि निरन्तर रुपमा पहल गर्दै आएको बताउनु भयो ।

सो अवसरमा भएको छलफलमा बजार पर््रवर्द्धनका लागि उत्पादन र सेवाको गुणस्तर र मुल्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने, महिलाद्वारा उत्पादित वस्तुलाई लक्षित गरी बजार प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार मेलाहरुलाई लक्षित गर्दै आफ्ना उत्पादन र सेवा सहित सहभागिता बढाउंदै जानुपर्ने तथा उपभोक्ताको चाहना र आवश्यकता अनुसार उत्पादनलाई परिमार्जन गर्दै लानुपर्ने धारणा समेत व्यक्त गरियो ।

उक्त प्रतिनिधिमण्डलकी नेतृ श्रीमती अमात्यले राजधानी उपत्यका भित्र रहेर पनि भक्तपुरका महिला धेरै पिछडिएकाले उनीहरुको उत्थानका साथै उनीहरुलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास एवं स्वरोजगार प्रवर्द्धनका लागि संघद्वारा संचालित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने आवश्यकता रहेको औल्याउनु भयो ।

अन्तरकृयामा महासंघको महिला उद्यमी विकास फोरम र उक्त प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.