मितिः२०६३/८/२१
राजधानी काठमाडौंसंग जोडिएको र फलफूल, तरकारी लगायतका कृषि व्यवसाय, लघु तथा घरेलु उद्योग, जुडिबुटि, पर्यटन आदिको प्रशस्त संभावना भएर पनि धादिङ्ग जिल्ला अत्यन्त पिछडिएको स्थितिमा रहेकोले त्यहांको संभाव्यतालाई योजनाबद्ध रुपमा विकास गर्नुपर्ने र यसबाट रोजगारी प्रवर्द्धनका साथै जिल्लाको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण सघाउ पुग्ने कुरामा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव बहादुर थापाको नेतृत्वमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुको अध्ययन/अवलोकन भ्रमणका क्रममा आएको सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित ३० सदस्यीय प्रतिनिधिमण्डल वीच महासंघमा आज आयोजित अन्तरकृयामा सो कुरामा जोड दिइएको हो ।
उक्त अवसरमा भएको छलफलमा प्रतिनिधिमण्डलका सदस्यहरुले साना करदातालाई राजश्व बुझाउन सरलता अपनाउनुपर्ने, यस जिल्लामा औद्योगिक क्षेत्र र इलम प्रशिक्षण केन्द्र स्थापना गरिनु पर्ने, स्थानीय उद्योग व्यवसायसंग सम्बन्धित प्राविधिक, शीपमूलक एवं कार्यमूलक तालीमहरु आयोजना गरिनु पर्ने, "एक गाउं एक उत्पादन" लाई प्रभावकारी रुपमा संचालन गरिनु पर्ने, फलफूल एवं तरकारीका लागि कोल्ड स्टोरेज स्थापनाका साथै भौगोलिक बनावटका कारण विकट बन्न पुगको यस जिल्लाको समग्र विकासका लागि स्थानीय आवश्यकता अनुसारको योजना तर्जुमा गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठले महासंघले र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप इलम प्रशिक्षण केन्द्र, एक गाउं एक उत्पादन, लघु उद्यम विकास, गाउ“-नगर साझेदारी आदि कार्यक्रम मार्फ विभिन्न जिल्लामा आर्थिक कृयाकलाप र रोजगारी बर्ढाई गरिवी निवारणमा सघाउने लक्ष्य सहित अगाडी बढ्दै रहेको उल्लेख गर्नु हुदै सदस्य संघहरुको संस्थागत विकास एवं सुदृढिकरणका लागि माग अनुरुपका संभाव्य कार्यक्रमहरु संचालन गरी नेपाली उत्पादन र सेवालाई बढी दक्ष एवं प्रतिस्पर्धी बनाउन समेत महासंघ प्रयासरत रहेको बताउनु भयो ।
साथै उहांले आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहने पर्रि्रेक्षमा जिल्ला उवासंघहरुले स्थानीय निकाय एवं सरोकारवालाहरुको समेत सहभागितामा कार्यक्रम तर्जुमा गरि विकास निर्माणका कार्यर्लाई समेत अगाडी बढाउनु पर्ने आवश्कयता औल्याउनु हुदै धादिङ्ग जस्तो नगर उन्मुख स्थानको सडक, यातायात, ढल निकास एवं वातावरणीय विकास जस्ता कार्यक्रमलाई समेत समेट्नु आवश्यक भएको बताउनु भयो ।
महासंघको घरेलु तथा लघु उद्यम समितिका सभापति डि.वि. वस्नेतले महासंघले सदस्य संघहरुको संस्थागत विकास र सुदृढिकरणका लागि आवश्यकता अनुसारका शीपमूलक एवं कार्यमूलक कार्यक्रमहरुका विभिन्न जिल्लामा गर्दै आएको उल्लेख गर्नु हुदै औद्योगिक लगानीको लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण भएमा कुनै पनि जिल्लामा लगानी आकर्षाका लागि आव्हान गर्न सकिने धारणा समेत व्यक्त गर्नु भयो ।
सो संघका अध्यक्ष एवं टोलि नेता थापाले संघले आफ्ना सदस्यहरुमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै संस्थागत विकास एवं सुदृढिकरण र स्थानीय पूर्वाधार विकासमा समेत बढी कृयाशील हुदै आएको र यसबाट सकारात्मक प्रभाव पर्दै गएको बताउनु भयो ।