»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेदरल्याण्डको प्रतिनिधिमण्डलद्वारा नेपालमा औद्योगिक लगानीका लागि आवश्यक पूंजीगत सहयोग गर्ने प्रतिवद्धता व्यक्त


मितिः२०६३/८/२६

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल र नेदरल्याण्ड सरकारको आर्थिक मामला सम्बन्धी मन्त्रालयका अधिकारी आर्जेन सुचेतेन (Arjen Schutten) को नेतृत्वमा आज महासंघको सचिवालयमा आएको पांच सदस्यी प्रतिनिधिमण्डल बीच भएको भेटघाटमा नेपालमा नेदरल्याण्डको सहयोग विस्तार, औद्योगिक लगानीका लागि आवश्यक पूंजीगत सहयोग एवं संयुक्त लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भयो ।

उक्त छलफलमा नेपालमा लगानीको लागि आवश्यक पूंजीगत सहयोग र नेपाल तथा नेदरल्याण्ड बीच संयुक्त लगानी तथा द्विपक्षीय व्यापार विस्तारका विषयमा जोड दिइएको थियो ।

सो अवसरमा अध्यक्ष ढकालले महासंघमा उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै नेपाली निजी क्षेत्र अन्तराष्ट्रिय सर्म्पर्क विस्तार सहित नेपालमा अन्तराष्ट्रिय लगानी एवं प्रविधि आकर्षा द्विपक्षीय व्यापार विस्तारमा समेत सक्रियतापूर्वक लागेको जानकारी गराउनुका अतिरिक्त नेपालमा शान्ति स्थापनाका सबै कार्यहरु सफलतापूर्वक सम्पन्न हुंदै गएकाले लगानीको लागि सहयोग एवं पहल गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्नु भयो ।

महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी, पदेन उपाध्यक्ष एवं रोजगारदाता परिषदका निमित्त सभापति रविन्द्र श्रेष्ठ र वरिष्ठ परामर्शदाता डा. चिरञ्जीवी नेपालको समेत सहभागिता रहेको सो छलफलमा उक्त प्रतिनिधिमण्डलले नेपालमा औद्योगिक लगानीका लागि आवश्यक पूंजीगत सहयोग र संयुक्त लगानी विस्तारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.