»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा आइएलओको सहयोग निरन्तर रहने - कार्यकारी निर्देशक आईएलओ (२०६३/८/२९)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल भ्रमणमा रहनु भएका अन्तराष्ट्रिय श्रम संगठन मुख्यालय जेनेभाका कार्यकारि निर्देशक कारी तापीओला (Kari Tapiola Executive, Director, International Labour Organization-ILO) को सम्मानमा आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उहाँले आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा आइएलओको सहयोगमा नेपाली निजी क्षेत्र समेतको सहभागितामा नेपालमा संचालित कार्यक्रमहरुलाई निरन्तर सहयोग रहने बताउनु भएको छ ।

कार्यकारि निर्देशक तापीओलाले नेपालमा सफल जनआन्दोलन पश्चात रोजगारदाता, ट्रेड युनियन र कामदारहरु बीच सामाजिक संवाद तथा सुमधुर औद्योगिक सम्बन्ध विकास हुंदै गएको अनुभव आफूले गरेको र यसबाट आफू निकै उत्साहित भएको बताउंदै आर्थिक विकासका तीनै महत्वपूर्ण पक्ष बीच हातेमालो गरी औद्योगिक विकासमा अघि बढ्न सुझाव दिनु भयो ।

विशेष गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा अध्ययन गर्न नेपाल आउनु भएका तापीओलाले आफूले प्रधानमन्त्री लगायत सम्बन्धित मन्त्री, रोजगारदाता संगठन र ट्रेड युनियनका सबै पदाधिकारीहरुसंग भेटघाट गरेको र उक्त भेटघाटबाट नेपालको औद्योगिक विकासमा सबैको एक मत पाइएको बताउनु भयो ।

त्यसअघि कार्यकारि निर्देशक तापीओलाको स्वागत गर्ने क्रममा महासंघका अध्यक्ष चण्डिराज ढकालले नेपाली निजी क्षेत्रले आइएलओसंग करिव २० वर्षेखि कार्य गर्दै आएको स्मरण गर्नुहुंदै सन् १९९३ नेपालमा आइएलओको कार्यालय स्थापना पश्चात अझ नजिक रही कार्य गर्ने अवसर मिलेको बताउनु भयो ।

नेपालमा सुमधुर औद्योगिक सम्बन्ध स्थापना गर्ने कार्यमा नेपाल सरकार र आइएलओ समेतको सहभागितामा रोजगारदाता संगठनहरुको प्रतिनिधिमुलक संस्था महासंघ र ट्रेड युनियनहरुहरु बीच वारंवार छलफल हुंदै आएको र यस क्रममा एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको स्मरण गर्नुहुंदै अध्यक्ष ढकालले हालैको राजनीतिक परिवर्तन पश्चात शान्ति स्थापनाको वातावरण सुनिश्चित हुंदै गएको, रोजगारदाता, ट्रेड युनियन र कामदारहरु बीच आपसी सम्बन्ध अझ सुमधुर हुंदै गएको स्पष्ट पार्नु भयो ।

अध्यक्ष ढकालले आइएलओको सहयोगमा महासंघद्वारा संचालित कार्यक्रमहरु निकै प्रभावकारी भएको पनि बताउनु भयो । उहांले ओद्योगिक सम्बन्ध सुधार, रोजगारदाता तथा कामदारहरुको क्षमता विकास लगायतका क्षेत्रमा आइएलओको सहयोग निकै महत्वपूर्ण रहेको स्मरण गर्नुहुंदै नेपाली निजी क्षेत्र निरन्तर रुपमा आइएलओसंग रहेर कार्य गर्न इच्छुक रहेको बताउनु भयो ।

सो कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष पद्य ज्योति, पदेन उपाध्यक्ष एवं रोजगारदाता परिषद्का निमित्त सभापति रविन्द्र श्रेष्ठ, आइएलओ नयां दिल्ली क्षेत्रीय कार्यालयकी प्रमुख श्रीमती लैला टेग्मो रेड्डी (Leyla Tegmo Reddy), नेपालका लागि आइएलओका निर्देशक शेङ्गजी ली (Shengjie Li), विभिन्न ट्रेड युनियनका पदाधिकारीहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।<

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.