»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा शीप विकास र रोजगारी सृजना हुने कार्यक्रमहरुमा जोड (२०६३/९/३)


नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले १२ वर्षे द्वन्दले नेपाल ज्यादै पछाडी परेको र युवाहरु विदेशीने क्रम तीव्र भएकोले युवाहरुलाई रोक्न महासंघले इलम प्रशिक्षण केन्द्र लगायत मुलुकभित्रै शीप विकास र रोजगारी सृजना हुने खालका कार्यक्रमहरुमा जोड दिएको बताउनु भएको छ । उहांले इलम प्रशिक्षण केन्द्रलाई १४ वटै अञ्चलमा लागू गर्ने कार्यक्रम रहेको पनि बताउनु भएको छ ।

गोरखा उद्योग वाणिज्य संघ, गोरखाको ३३ औं वाषिर्क साधारण सभा तथा ११ औं अधिवेशनको पौष १ गते गोरखामा उद्घाटन गर्दै प्रमुख अतिथि महासंघका तृतीय उपाध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

उपाध्यक्ष श्रेष्ठले जडिबुटीको विकासको लागि मित्रराष्ट्र चीनका जडिबुटी व्यवसायीहरुसंग समन्वय गरी अघि बढ्ने योजना रहेको जानकारी गराउंदै सार्वजनिक-निजी साझेदारीको भावना अनुरुप अगाडी बढी वर्गिय हितका साथै सामाजिक विकासमा लाग्न संघलाई सुझाव पनि दिनु भयो ।

जिल्लाको समग्र विकासको लागि संघले खेलको भूमिका सराहना गर्दै संघले जिल्लालाई क्षेत्रीय तथा राष्ट्रियस्तरमा समेत परिचित गराउन आयोजना गरेको गोरखा महोत्सव एवं सुन्तला तथा जडिबुटी महोत्सव महत्वपूर्ण रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले संघले वर्गिय हितका साथै समग्र गोरखा जिल्लाको सामाजिक तथा आर्थिक विकासका कार्यहरुसंगै गर्नुपर्ने सुझाव दिनुहुंदै संघले आयोजना गर्ने सुन्तला तथा जडिबुटी महोत्सवको निरन्तरतामा जोड दिनु भयो ।

महासंघका गण्डकी अञ्चल प्रतिनिधि चन्द्रकृष्ण कर्माचार्यले गोरखा उद्योग वाणिज्य संघ सुन्तला महोत्सव आयोजना गर्ने दोश्रो जिल्ला भएको बताउदै गण्डकी अञ्चलका सबै जिल्लामा महोत्सवको आयोजना भएको जानकारी गराउनु हुंदै हाल देशमा आएको शान्तिले व्यापार व्यवसाय फष्टाउने र उद्योगी व्यवसायीहरु हतोत्साही हुनु नपर्ने बताउनु भयो ।

सभापतिको आशनबाट संघका अध्यक्ष बसन्तराज श्रेष्ठले महासंघले संचालन गरेको इलम प्रशिक्षण केन्द्र गोरखा जिल्लामा पनि संचालन हुनुपर्नेमा जोड दिनु भयो ।

सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष चुडानारायण किशुनबाबु श्रेष्ठ, राष्ट्रिय वाणिज्य वैंक केन्द्रिय कार्यालयका मानव संशाधन विभाग प्रमुख जनार्दन आचार्य, संघका पर्ूव अध्यक्ष विश्वदेव श्रेष्ठ, संस्थापक सचिव धिरज बहादुर मास्के, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष चतुराखर अधिकारी, दिल बहादुर बस्नेत लगायतका वक्ताहरुले साधारण सभाको सफलताको कामना गर्दै संघले स्थानीय निकायसंग सहकार्य गरी अगाडी बढ्नु पर्ने जिल्लामा उत्पादन हुने कृषिजन्य वस्तुहरुको प्रवर्द्धन गर्न पहल गर्नुपर्ने आदि कुरामा जोड दिनु भएको थियो ।

साथै साधारण सभाबाट संघको अध्यक्षमा अच्युतलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ भने निर्वाचित अन्य सदस्यहरुमा भगतवानबाबु मास्के, जिवनज्योती श्रेष्ठ, शिवबाबु जोशी, प्रकाशचन्द्र श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, राजुबाबु श्रेष्ठ, दिनेशबाबु श्रेष्ठ, शिवध्वज खत्री, तुल्सीप्रसाद देवकोटा, श्रवणकुमार जोशी र शत्रुघन श्रेष्ठ हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.