नेपाल उद्योग वाणिज्य महासंघद्वारा जीटीजेड निजी क्षेत्र प्रवर्द्धन परियोजना (GTZ-Private Sector Promotion Project/SEQUA) को सहयोगमा आज महासंघको सचिवालयमा पर्वत उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित कार्ययोजना तर्जुमा गोष्ठी संचालन गरियो ।
उक्त गोष्ठीको शुभारम्भ गर्नुहुंदै महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले बदलिंदो राजनीतिक परिवर्तनसंगै आर्थिक परिवर्तनका लागि उद्योग वाणिज्य संघहरुले व्यवसायीकरण गर्दै आफ्ना गतिविधिहरुलाई सशक्त रुपमा अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।
पर्वत उद्योग बाणिज्य संघका लागि आउंदो पांच बर्षा लागि योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सो गोष्ठीमा संघका अध्यक्ष मिनप्रसाद श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष एवं महासंघको कार्यकारिणी समिति सदस्य दुर्गा प्रसाद श्रेष्ठ सहित १७ जनाको सहभागिता रहेको छ ।
दुई उक्त गोष्ठी जीटीजेड निजी क्षेत्र प्रवर्द्धन परियोजनाका आवासिय प्रतिनिधि हरिहर सुवेदीले संचालन गर्नु भएको थियो । संघका पदाधिकारी तथा सदस्यहरु सम्मिलित उक्त टोलीले यसअघि बिभिन्न जिल्ला/नगर स्तरीय उद्योग/बाणिज्य संघहरुको अवलोकन भ्रमण पनि सम्पन्न गरेको छ ।