»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष ढकालसंग पर्वत उवासंघको प्रतिनिधिमण्डलद्वारा भेट (२०६३/९/५)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालसंग पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष मीन प्रसाद श्रेष्ठको नेतृत्वमा निवर्तमान अध्यक्ष एवं महासंघका कार्यकारिणी समितिका सदस्य दुर्गा प्रसाद श्रेष्ठ सहितको १७ सदस्यीय प्रतिनिधिमण्डलले विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन/अवलोकन भ्रमणका क्रममा हिजो महासंघको सचिवालयमा भेटि शीघ्र विकास तथा रोजगारी अभिबृद्धिका लागि पर्वतमा पनि इलम प्रशिक्षण केन्द्र (Trade School) स्थापना गरिनु पर्ने, व्यवसाय पर््रबर्द्धनका लागि सडक पक्कि गर्ने लगायत स्थानीय आवश्यकताका विकास निर्माणका कार्यहरुलाई अघि बढाउनु पर्ने, देशमा शीघ्र दीगो र स्थायी शान्ति कायम गरी अनुकूल औद्योगिक व्यवसायिक वातावरण सिर्जना गर्नु पर्ने र औद्योगिक व्यवसायिक एकता अझ सुदृढ गर्दै जानु पर्नेमा जोड दिएको छ ।

उक्त प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष ढकालले देशमा हालै भएको राजनीतिक परिवर्तन र विकास क्रमसंगै आर्थिक क्षेत्रमा समेत तीब्रतर रुपमा विकास गर्दै जानु पर्नेमा जोड दिनु हुंदै रोजगारी अभिबृद्धि तथा संस्थागत सामाजिक दायित्वलाई प्रभावकारी बनाउंदै जान महासंघले इलम प्रशिक्षण केन्द्र, एक गाउँ एक उत्पादन लगायत स्थानीय निकाय, राजनीतिक दलहरु र नागरिक समाज समेतको सहभागिता एवं र्सार्वजनिक - निजी साझेदारीको आधारमा सरकार तथा दातृ संस्था समेतको सहभागितामा विभिन्न कार्यक्रमहरुलाई अघि बढाएको उल्लेख गर्दै त्यस्ता कार्यक्रमबाट पर्वत उद्योग वाणिज्य संघ समेत लाभान्वित हुने एवं इलम प्रशिक्षण केन्द्रहरु विस्तारको क्रममा पर्वतमा समेत खोलिने बताउनु भयो ।

संघले साझेदारीको आधारबाट पर्वतमा सम्पन्न गर्दै आएका विकास निर्माणका कार्यहरुको सराहना गर्दै अध्यक्ष ढकालले देशमा बढ्दो रुपमा रहेको रोजगारीको अभावमा युवाहरु विदेशिने क्रमलाई रोक्न तथा रोजगारी अभिबृद्धिका लागि समेत महासंघको अवधारणा र कार्यक्रम अत्यन्त उपयोगी हुने उल्लेख गर्नु भयो ।

साथै उहाँले विभिन्न जिल्लामा हुने गरेका औद्योगिक व्यापारिक प्रदर्शनी, मेला तथा महोत्सवलाई व्यवसायिकरणका अतिरिक्त अधिकतम रुपमा लाभदायक बनाउनु पर्ने एवं त्यस्ता कार्यक्रमबाट स्थानीय श्रोत, साधन र उत्पादनका साथै पर्यटन प्रबर्द्धनमा सघाउ पुग्नु पर्ने धारणा व्यक्त गर्नु हुंदै सबै पक्षलाई समेटि कार्यक्रम आयोजना गर्नु पर्नेमा जोड दिनु भयो ।

महासंघ तथा जीटीजेड निजी क्षेत्र पर््रवर्द्धन परियोजना (GTZ-Private Sector Promotion Project/SEQUA) को सहयोगमा आयोजित उक्त भ्रमण दलका प्रतिनिधिहरुसंगको उक्त बैठकमा महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेको समेत सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.