नेपाल उद्योग वाणिज्य महासंघ-थिङ्क ट्याङ्क (FNCCI Think Tank) ले निकट भविष्यमै "नेपालमा तुलनात्मक एवं प्रतिस्पर्धी लाभ" (Comparative & Competittive Advantages in Nepal) विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गर्ने भएको छ ।
महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा महासंघको सचिवालयमा गत शुक्रवार आयोजित नेउवामहासंघ-थिङ्क ट्याङ्कको नवौं वैठकले सो निर्णय गरेको हो ।
साथै परिवर्तित सामाजिक, आर्थिक एवं राजनीतिक परिवेशमा थिङ्क ट्याङ्कले विशेषतः आर्थिक एजेण्डा अर्न्तर्गत समसामयिक विषयहरुमा अनुसन्धानात्मक कार्यहरु गर्नुका साथै निर्यातमूलक तथा उत्पादनमूलक उद्योग, जलश्रोत, सेवा व्यवसाय, पर्यटन, श्रम, कृषि उद्यम, सूचना प्रविधि, पारवहन आदि क्षेत्रका समस्या एवं समाधानका उपायहरु पहिचान गर्ने उद्देश्यले नियमित रुपमा अन्तरसम्वाद, गोष्ठी, छलफल आदि कार्यक्रम गर्ने निर्णय समेत उक्त वैठकले गरेको छ ।
सो वैठकमा थिङ्क ट्याङ्कका सदस्यहरु, बद्री बहादुर कार्की, डा. विश्वम्भर प्याकुर्याल, डा. मदन कुमार दाहाल, पद्म ज्योति, डा. शंकर शर्मा र सदस्य सचिव राजेन्द्र बहादुर श्रेष्ठको सहभागिता थियो ।
त्यसैगरी उक्त वैठकमा सहभागि विशेष आमन्त्रितहरुमा महासंघका भूतपर्ूव अध्यक्ष महेशलाल प्रधान र प्रदीप कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष कुशकुमार जोशी, नि.पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ र औद्योगिक प्रवर्द्धन समितिका सभापति प्रदीपजंग पाण्डे हुनु हुन्थ्यो ।