»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालगंजको घटनाप्रति सबैलाई संयम रहन महासंघद्वारा गम्भीर अपिल (२०६३/९/१२)


राजनीतिक रुपमा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले सोमवार गरेको मधेश बन्दका क्रममा भएको तोडफोडको विरोधलाई लिएर साम्प्रदायिक सद्भाव खलवलिने गरी हिजो मंगलवार नेपालगंजमा भएको हिंसात्मक घटना र सोबाट उत्पन्न गंभीर परिस्थित्रि्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भीर भएको छ । उक्त घटनाबाट भएको जनधनको क्षति प्रति महासंघ गहिरो दुःख व्यक्त गर्दछ ।

शान्तिपूर्ण रुपमा मुलुक सही दिशा तर्फउन्मुख भैरहेको वेला अप्रत्यासित रुपमा घटेका यस्ता घटनाबाट आम नेपाली बीच सदियौंदेखि कायम रहेको आपसी सद्भावनामा समेत ठेस पुग्नजाने खतराप्रति समयमै सचेत भई संयमता अपनाउन महासंघ आव्हान गर्दछ । मुलुकले जनआन्दोलनबाट हासिल गरेको महान सफलतालाई स्थायी बनाउंदै राज्यले तय गरेका आगामी महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन आम नेपालीमा एउटा गहन जिम्मेवारी आएको छ ।

अहिलेका अवस्थामा कुनै पनि मागलाई आन्दोलन र वन्दका माध्यमबाट भन्दा पनि आपसी छलफलबाट समाधान गर्नु पर्ने सुझाव निजी क्षेत्रको छ । लामो द्वन्दको कारण आर्थिक तथा सामाजिक संरचना लथालिंग भएको वास्तविकतालाई वुझेर राज्यको औद्योगिक व्यवसायिक लगायत समग्र अर्थतन्त्रको विकासमा एकजुट हुनु पर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै क्षणिक आवेशमा आई यस्ता घटनामा संलग्न नहुन सबैमा निजी क्षेत्र अनुरोध गर्दछ । संक्रमणकालिन अवस्थामा आपसमा मिलेर बसेका नेपाली नेपाली बीच एक आपसमा साम्प्रदायिक सद्भाव कायम राख्दै अघि बढ्न महासंघ सबैमा अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.