»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगी व्यवसायीहरुको अपहरण प्रति महासंघद्वारा गम्भीर चिन्ता (२०६३/९/१२)


एकदशकभन्दा बढी समयदेखि जारीद्वन्दको अन्त्य भई मुलुक भित्र शान्तिपर्ूण्ा वातावरण निर्माण हुन लागेको आभास चौतर्फी रुपमा गरिए पनि राजधानी काठमाडौं लगायत केही प्रमुख व्यापारिक शहरहरुबाट उद्योगी व्यवसायीहरुको अपहरण गर्ने क्रम बढ्न थालेको र केहीदिन यता काठमाडौंमा समेत यस्ता घटनाहरु घटन गएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।

नेपालको प्रमुख व्यापारिक शहर बीरगंजबाट शुरु भएको अपहरणको श्रृंखला विराटनगर हुंदै राजधानी काठमाडौंमा समेत हुन लागेकोले उद्योगी व्यवसायी माझ संत्रासको वातावरण सृजना हुन पुगेको छ । जनआन्दोलन अघि र त्यसपछि पनि उद्योग व्यवसाय क्षेत्र माथि श्रृंखलावद्ध रुपमा हुंदै आएका अपहरणका घटनालाई लिएर आवश्यक सुरक्षाको माग सहित नेपाल सरकारसंग वारम्वार अनुरोध गर्दै आएपनि त्यसप्रकारको सुरक्षाको प्रत्याभुति हुन नसकेको आभाष निजी क्षेत्रले गरेको छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड एवं लाखौ जनतालाई रोजगारी दिने निजी क्षेत्र र उद्योगी व्यवसायी माथि यस्तै आक्रमण तथा अपहरणका घटना भैरहने र सुरक्षाको माग गर्दा कतैबाट पनि त्यसको सुनुवाई नहुने हो भने मुलुकभित्र औद्योगिक विकास, थप लगानी विस्तार तथा प्रविधि आकर्षाका कुनै पनि कार्य हुन नसक्ने र भएको लगानी पनि विस्तारै पलायन हुने खतरा तर्फसमयमै सचेत रही अपहरणका घटनामा संलग्न गिरोहलाई आवश्यक संयन्त्र निर्माण सहित कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षा गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.