»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उवासंघहरुले स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना तयार गरी कार्यान्वयन गर्नु आवश्यक (२०६३/९/१४)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा जीटीजेड निजी क्षेत्र प्रबर्द्धन परियोजना (GTZ – Private Sector Promotion Project / SEQUA) को सहयोगमा महोत्तरी उद्योग वाणिज्य संघका लागि कार्ययोजना तर्जुमा गोष्ठी सञ्चालन गरियो ।

महासंघको सचिवालयमा आयोजित उक्त गोष्ठीको आज शुभारम्भ गर्नु हुंदै महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले जिल्लाको आर्थिक सामाजिक विकासमा योगदान पुग्ने गरी स्पष्ट दृष्टिकोण सहित आफ्नो संघको कार्ययोजना तयार गर्न उक्त गोष्ठी अत्यन्त उपयोगी हुने उल्लेख गर्नु भयो । साथै उहांले कार्ययोजनाको कार्यान्वयन र सशक्त सेवा प्रवाहका लागि संघ सचिवालयलाई सक्षम र व्यवसायिक बनाउंदै लानु पर्नेमा पनि जोड दिनु भयो ।

उपाध्यक्ष जोशीले आर्थिक उदारिकरण र विश्वव्यापिकरणको परिप्रेक्ष्यमा सदस्यहरुको प्रतिस्पर्धी क्षमता अभिबृद्धिका लागि संघहरुले दीगो र स्थायी प्रकृतिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्नु पर्ने एवं यस्ता कार्ययोजना र सक्षम सचिवालय भएको खण्डमा कार्ययोजनाले निरन्तरा पाई सफलतापूर्वक सञ्चालन हुन सक्ने धारणा व्यक्त गर्नु भयो ।

महासंघको घरेलु तथा लघु उद्यम समितिका सभापति डी. बी. बस्नेतले सदस्य संघहरुको संस्थागत विकास र सचिवालयको सुदृढिकरणका साथै व्यवसायिक क्षमता विकासका क्रममा महासंघले कार्ययोजना तर्जुमा गोष्ठी गर्दै आएको बताउनु भयो ।

महोत्तरी उद्योग वाणिज्य संघका लागि कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सो गोष्ठीमा संघका अध्यक्ष बिजय कुमार शाहको नेतृत्वमा आएको संघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित १५ जनाको सहभागिता रहेको छ ।

दुई दिने उक्त गोष्ठी अघि सो संघका पदाधिकारी तथा सदस्यहरु सम्मिलित उक्त टोलीले विभिन्न जिल्ला/नगर स्तरीय उद्योग वाणिज्य संघहरुको अध्ययन/अवलोकन भ्रमण समेत गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.