»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















लमजुङ महोत्सव जिल्लाको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा हुने (२०६३/९/१४)


नेपाल उद्योग वाणिज्य महासंघको सदस्य लमजुङ उद्योग वाणिज्य संघले यही पौष २१ देखि २६ गतेसम्म लमजुङ वेशीशहरमा आयोजना गर्ने लमजुङ महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटन एवं कला संस्कृतिको विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण सघाउ पुर्‍याउने बताइएको छ ।

जिल्लामा पहिलो पटक आयोजना हुन लागको सो महोत्सवमा एक लाख दर्शकहरुले अवलोकन गर्नुका साथै करिव डेढ करोडको कारोवार हुने, महोत्सवका सम्बन्धमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

पत्रकार सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिनुहुंदै महासंघको व्यापार मेला समितिका सभापति एजी शर्ेपाले महासंघ आफै र सदस्य संघहरु मार्फ विभिन्न जिल्लाहरुमा व्यापार मेलाहरुको आयोजना गरी स्थानीय एवं राष्ट्रिय अर्थतन्त्रको उत्थानमा विशेष जोड दिंदै आएको जानकारी गराउनु भयो । यसै वर्षात्र ३० भन्दा बढी यस्ता महोत्सव एवं मेलाहरुको आयोजना गरिन लागेको बताउंदै उहांले यस्ता महोत्सव एवं मेलाहरुमा आयातित वस्तुहरुको कारोवारलाई भन्दा पनि स्थानीय उत्पादन तथा सेवाको पर््रवर्द्धनमा विशेष जोड दिन आग्रह गर्नु भयो ।

महासंघका घरेलु तथा लघु उद्यम समितिका सभापति डी.बी. बस्नेत र सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाको उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक रमेश कुमार पियाले मेलाका वारेमा जानकारी गराउनु भएको थियो ।

पत्रकार सम्मेलनको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै संघका निवर्तमान अध्यक्ष धर्मराज श्रेष्ठले २०६० सालमै आयोजना गर्ने सोंच वनाएको यो महोत्सव उक्त समयमा विविध कठिनाईका कारण आयोजना गर्न नसकिएको स्पष्ट पार्दै महोत्सवले ग्रामिण पर्यटन, कला संस्कृति तथा समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा सहित महोत्सवलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । सो अवसरमा लमजुङका वुद्धिजीवी प्राध्यापक डा. कृष्ण बहादुर थापा र महासंघको व्यापार मेला समितिका सदस्य हेमजंग गुरुङले पनि महोत्सवका वारेमा प्रकाश पार्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.