»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महोत्तरी उवासंघद्वारा औद्योगिक व्यवसायिक समस्या समाधानका लागि आग्रह (२०६३/९/१६)


महोत्तरी उद्योग वाणिज्य संघले स्थानीय निकाय र नागरिक समाजसंग मिलि विकास निर्माणका विभिन्न कार्यक्रमहरु सञ्चालनका साथै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसायको विकास र आर्थिक क्रियाकलापलाई अघि बढाउन पहल गर्दै आएको र यस्ता गतिविधि प्रभावकारी रुपमा सञ्चालन गर्न नियमित टेलिफोन सेवा र बैंकिङ्ग सुविधाको अभावमा अत्यन्त कठिनाई परिरहेको तथा स्थानीय नेपाल-भारत सीमानामा छोटि भन्सार मात्र हुंदा आयात-निर्यातमा समस्या परेकोले ती समस्या शीघ्र समाधान गर्नु पर्नेमा संघको प्रतिनिधिमण्डलले जोड दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठसंगको भेटमा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा सो संघका अध्यक्ष बिजय कुमार शाहको नेतृत्वमा गत शुक्रवार महासंघमा आएको सो संघका पदाधिकारी एवं सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले सो कुरामा जोड दिएको हो ।

साथै उक्त प्रतिनिधिमण्डलले संघहरुको स्थायी आर्थिक श्रोतको व्यवस्था हुनु पर्ने, आर्थिक दृष्टिले सक्षम र कमजोर संघहरु बीच भगिनी सम्बन्ध स्थापना गरी सक्षम बनाउन सघाउनु पर्ने र संघको पूर्वाधार विकासमा सहयोगका लागि पहल गर्नु पर्ने धारणा समेत व्यक्त गरेको थियो ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष श्रेष्ठले परिवर्तित सर्न्दर्भमा निजी क्षेत्र माथि ठूलो जिम्मेवारी आई रहेकोले स्थानीय आर्थिक-सामाजिक ,विकासलाई र्सार्वजनिक-निजी साझेदारीको आधारमा कार्यान्वयन गर्नु पर्ने, राजनीतिक परिवर्तन आई सकेपछि अव मुलुकले आर्थिक एजेण्डालाई प्रमुख प्राथमिकता दिनु पर्ने, कृषिलाई व्यवसायिकरण गर्दै लानु पर्ने र मेला-महोत्सवलाई स्थानीय जनताको जीवन स्तरमा सघाउ पु-याउने गरी अझ फलदायी बनाउनु पर्नेमा जोड दिनु भयो ।

साथै उहाँले प्रतिनिधिमण्डलद्वारा प्रस्तुत समस्या समाधानका लागि पहल गर्नुका साथै संघको संस्थागत विकास र सचिवालयको सुदृढिकरणका लागि महासंघबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

महासंघको घरेलु तथा लघु उद्यम समितिका सभापति एवं जनकपुर अञ्चल प्रतिनिधि डी.बी. बस्नेत, सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र औद्योगिक पर््रबर्द्धन समितका सभापति प्रदीपजंग पाण्डेले महासंघद्वारा सञ्चालित इलम प्रशिक्षण केन्द्र, एक गाउ“ एक उत्पादन तथा र्सार्वजनिक-निजी साझेदारी कार्यक्रमहरुबाट समेत सदस्य संघहरुले लाभ लिन सक्ने उल्लेख गर्नु हुंदै स्थानीय आर्थिक विकासका कार्यक्रमलाई साझेदारीको आधारमा सक्रियतापर्ूवक अघि बर्ढाई संस्थागत सामाजिक दायित्व समेत निर्वाह गर्दै जानु पर्ने धारणा व्यक्त गर्नु भयो ।

महासंघ र जीटिजेड निजी क्षेत्र प्रबर्द्धन परियोजनाको सहयोगमा मकवानपुर, रत्ननगर, नारायणगढ, ललितपुर तथा भक्तपुर उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सको भ्रमण सम्पन्न गरी महासंघमा आएको उक्त प्रतिनिधिमण्डलले महासंघमा आयोजित कार्ययोजना तर्जुमा गोष्ठीबाट संघका लागि पाँच वर्षो कार्ययोजना समेत तयार गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.