-उद्योग वाणिज्य क्षेत्रको प्रबर्द्धनका लागि नयाँ नीतिको आवश्यकता माथि जोड-
नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष एवं नारायणी अञ्चल प्रतिनिधि कुशकुमार जोशीले रत्ननगर उद्योग वाणिज्य संघको आठौं वाषिर्क साधारण सभाको उद्घाटन गर्दै उद्योग वाणिज्य क्षेत्रको प्रबर्द्धनका लागि नयाँ नीति आवश्यक भएको र अन्तरिम संविधान जारी भएपछि उद्योग वाणिज्य क्षेत्रको प्रबर्द्धनका लागि नयाँ नीति ल्याउन सहज हुने बताउनु भएको छ ।
उपाध्यक्ष जोशीले अर्थतन्त्रको विकासका लागि राजनीतिक परिवर्तनसंगसंगै आर्थिक परिवर्तन र सबैको सोचमा परिवर्तन हुनु पर्ने बताउनु भयो । व्यवसाय विकासका लागि विशेष एजेण्डा बोकेर निजी क्षेत्र गृहकार्यमा जुटि सकेको औल्याउंदै उहांले सबैको सोंच गरिवी निवारण गर्नेतिर भएकोले स्थानीय नागरिक सचेत हुनु अत्यन्त जरुरी रहेको धारणा व्यक्त गर्नु भयो । उहांले दुर्लभ वन्यजन्तु एकसिङ्गे गैडाको चोरी शिकारी बढ्न थालेकोले सो नियन्त्रणका लागि स्थानीय क्षेत्रबाटै सक्दो रुपमा लाग्नु पर्नेमा समेत जोड दिनु भयो ।
सो संघका अध्यक्ष नारायणकाजी श्रेष्ठको सभापतित्वमा गत शनिवार आयोजित उक्त कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्य रमेश कुमार पिया, संघका सल्लाहकार निजानन्द मल्ल, निवर्तमान अध्यक्ष केशवनारायण श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ-नारायणगढका अध्यक्ष उदयकुमार श्रेष्ठ, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत खरुदेव चुडाल, जनमोर्चा नेपालका जिल्ला सभापति डम्बर पुरी, नेपाली कांग्रेस -प्रजातान्त्रिक)का जिल्ला सभापति सम्मर मल्ल, संयुक्त जनमोर्चा नेपालका जिल्ला उपाध्यक्ष कमलीकान्त घिमिरे, नेकपा एमालेका जिल्ला सचिब बिजय सुवेदी, नेकपा (माओवादी)का जिल्ला सदस्य मधुर नेपाल लगायतले शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक गतिविधिहरुमा सहयोग गर्दै आई रहेको र संघको सभाहल निर्माणको लागि आर्थिक सहयोग गर्ने रत्ननगर-१, बकुलहर स्थित खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानलाई विशेष सम्मान गरिएको थियो भने संघको शुरुवातबाट नै संस्थाको विकासमा सदैव अग्रसर रहनु भएका रत्ननगर उद्योग वाणिज्य संघका पूर्व कार्यकारी सचिब निरज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
साधारण भसाको बन्द सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिब अनिलकृष्ण श्रेष्ठद्वारा प्रस्तुत वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठद्वारा प्रस्तुत २०६२/०६३ को वासलात र आय व्यय विवरण र श्रेष्ठद्वारा नै प्रस्तुत आर्थिक वर्ष२०६३/०६४ को अनुमानित बजेट माथि छलफल गर्दै अनुमोदन गरिएको थियो ।
सभामा संघका द्वितीय उपाध्यक्ष उमेश घिमिरेले प्रस्तुत गर्नु भएका विभिन्न प्रस्तावहरुलाई आवश्यक छलफल पश्चात पारित गरियो । विधान संशोधन समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष गोपाल राज कर्माचार्यद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि तलफल गरी र्सवसम्मतिबाट अनुमोदन गरियो । त्यसैगरी खुला सभा पश्चात साधारण सभाले आगामी वर्षा लागि संघको लेखापरीक्षकको छनौटको लागि कार्य समितिलाई नै जिम्मा दिएको छ ।
सभामा उपस्थित सभाषद्हरुको सक्रिय सहभागिता तथा विभिन्न सुझावहरुको लागि आठौं वाषिर्क साधारण सभा तयारी समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सो सभाको दुवै सत्रको कार्यक्रम संघका महासचिब अनिलकृष्ण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।