नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले स्वदेशी उद्योग व्यवसाय लगायत आर्थिक विकासका लागि राज्यले ठोस नीति तथा कार्यक्रम शीघ ल्याउनु पर्ने कुरामा जोड दिनु हुदै स्वदेशी पूंजीको संरक्षण तथा सर्म्वर्द्धन गर्न नसकेसम्म देश विकास हुन नसक्ने बताउनु भएको छ ।
देशको आर्थिक विकासको मूल आधार एवं सह अस्तित्वः कृषि, उद्योग र व्यापार भन्ने मूल नाराका साथ पांचथरको फिदिममा आयोजित दोश्रो पांचथर उद्योग व्यापार मेलाको हिजो विशेष समारोहका वीच उद्घाटन गर्नु हुदै उहांले आर्थिक रुपान्तरण निजी क्षेत्रको प्रयासबाट प्रारम्भ गरिएको उल्लेख गर्नु भयो ।
अध्यक्ष ढकालले राजनीतिक एजेण्डालाई संविधान सभा मार्फ शीघ्र टुंगोमा पुर्याई आर्थिक एजेण्डालाई प्राथमिकता साथ अघि बढाउनु पर्नेमा जोड दिनु हुदै उद्योग व्यवसाय लगायत कुनै पनि क्षेत्रमा असुरक्षा र पेशा व्यवसाय संचालनमा प्रतिकूल वातावरण श्रर्जना गर्नु नहुने स्पष्ट पार्नु भयो ।
उहांले एकदशक भन्दा लामो द्वन्दको समयमा सवै भन्दा बढी मार उद्योगी व्यवसायीले खेप्नु परेता पनि आफ्नो कर्तव्यबाट विचलित नहुनुका साथै देशमा मेला, महोत्सव, प्रदर्शनी आदिको माध्यमबाट समेत आर्थिक कृयाकलापलाई निरन्तरता दिन निजी क्षेत्रले भरमग्दुर प्रयत्न गर्दै आएको बताउनु भयो ।
साथै अध्यक्ष ढकालले देश भित्र र विदेशमा समेत उद्योग व्यापार मेला, महोत्सव जस्ता कार्यक्रम आयोजना गर्न र स्वदेशी उत्पादन, सेवा र रोजगारी प्रवर्द्धनका लागि महासंघले प्रोत्साहित गर्दै आएको बताउनु हुदै त्यस्ता कार्यक्रम स्थानीय श्रोत र साधनको पर््रवर्द्धन, आर्थिक कृयाकलाप विस्तार र रोजगारी प्रवर्द्धनका लागि अझ बढी उपयोगी हुनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी अध्यक्ष ढकालले महासंघको पहलमा अधिराज्यका विभिन्न स्थानमा "एक गाउं एक उत्पादन" कार्यक्रम र इमल प्रशिक्षण केन्द्र, र्सार्वजनिक निजी साझेदारी, महिला उद्यमी एवं घरेलु तथा लघु उद्यम विकास कार्यक्रमहरु संचालन भएको र यसको व्यापक विस्तारबाट गरिवी निवारणमा महत्वपूर्ण सहयोग पुग्ने हुंदा यसको कार्यान्वयनमा सकृयता अपनाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
आन्तरिक पर्यटन तथा कृषि र घरेलु उत्पादन प्रवद्धन गर्ने उद्देश्यले पांचथर उद्योग वाणिज्य संघको आयोजनामा सो व्यापार मेला भएको हो । मेलामा बजारका प्रमुख गेटहरुमा स्वागतद्वारहरु निर्माण गर्नुका साथै बजार सरसफाइ तथा होटल लजमा बस्ने खानेको प्रबन्ध समेत गरिएको छ । सो मेलाका अवसरमा क्षेत्रीय स्तरको व्याडमिन्टन प्रतियोगिता, म्याराथुन दौड लगायतका खेलकूद एवं संस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको छ । मेलामा करिव एक करोडको कारोबार हुने बताइएको छ ।
संघका अध्यक्ष शिवप्रसाद काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्व सांसद आइन्द्र विक्रम थाक्सुहाङ, नेपाली कांग्रेसका जय प्रसाद रिजाल, एमालेका राजकुमार भण्डारी, मालेका केन्द्रिय सदस्य दिनानाथ घिमिरे, नेकपा माओवादीका प्रकाश नेपाली कांग्रेस प्रजातान्त्रिकका राजु श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।