»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा भारतीय जनता पार्टीको प्रतिनिधिमण्डल समक्ष भारत निर्यातका क्रममा आइपरेका समस्या समाधनमा सहयोग गर्न आग्रह (२०६३/९/२७)


भारतीय जनता पार्टीको अन्तराष्ट्रिय इकाई संयोजक सुरेन्द्र कुमार अरोराको नेतृत्वमा नेपाल भ्रमणमा आएको सो पार्टी नेताहरु संलग्न प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल एवं महासंघका पदाधिकारीहरु बीच आज महासंघको सचिवालयमा भएको भेटघाटमा दुई पक्षिय आर्थिक तथा व्यवसायिक सम्बन्ध, नेपाल-भारत वाणिज्य सन्धी नविकरण एवं नेपाली वस्तु भारत निर्यातका क्रममा आइपरेका विविध समस्याका विषयमा विस्तृत छलफल भयो ।

सो अवसरमा उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण रहेको नेपाल-भारत वाणिज्य सन्धीको म्याद आगामी मार्चमा सकिने भएकाले सोको स्वतः नविकरण हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ढकालले व्यापार सन्धिले नेपाल-भारत आर्थिक सम्बन्ध विस्तारमा गुणस्तरीय सुधार ल्याउनुका साथै यसले दुवै देशलाई ठूलो लाभ मिलेको पनि स्पष्ट पार्नु भयो ।

नेपाली वस्तुको भारत निर्यातका क्रममा लिइदै आएको ४ प्रतिशत अतिरिक्त भंसार महशुल हटाउने सम्बन्धमा भारतीय संघीय सरकारको वाषिर्क वजेटमा समेत उल्लेख भए पनि हालसम्म सोको कार्यान्वयन नहुंदा नेपालको निर्यातमा ठूलो समस्या परेको तर्फ उहांले उक्त प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराउनु भयो । नेपाली कृषिजन्य वस्तुहरुको भारत निर्यातको क्रममा गुणस्तर परीक्षणका लागि राखिएका टेष्टिङ ल्यावहरु नेपाली सिमाबाट निकै टाढा रहेका र त्यसबाट परीक्षणको लागि पठाइएको नमूनाको रिपोर्ट आउन धेरै समय लाग्दा वस्तुहरु विग्रने र त्यसको लागत समेत बढ्न जांदा निर्यातकर्ताहरुले ठूलो घाटा सहनु परेको वास्तविकता राख्दै अध्यक्ष ढकालले त्यस्ता परीक्षण केन्द्रहरुलाई दुई देश बीचको सिमामै व्यवस्था गर्न र परिक्षण प्रणालीलाई चुस्त एवं प्रभावकारी पार्नुपर्नेमा जोड दिनु भयो ।

अध्यक्ष ढकालले व्यवसायिक सम्वन्ध विस्तारमा नेपाल उद्योग वाणिज्य महासंघले भारतीय उद्योग महासंघ र भारतीय उद्योग वाणिज्य महासंघ समेतसंग नजिकको सम्बन्ध स्थापित गरेर कार्य गर्दै आएको र त्यसबाट नेपालमा व्यवसायिक वातावरण निर्माणमा ठूलो सफलता मिलेको पनि बताउनु भयो ।

नेपालबाट वंगलादेशसम्म निर्यात तथा आयातको लागि उपयोग हुंदै आएको राधिकापुर नाका भारतीय सरकारबाट रेलमार्गको सुधारका लागि हाल बन्द हुंदा सो नाका हुंदै हुने आयात निर्यातमा ठूलो समस्या परेकोले त्यस्तै प्रकारको सुविधा अन्यत्रबाट हुन आग्रह गर्नु भयो । अध्यक्ष ढकालले भारतीय विभिन्न प्रान्तहरुले लगाउंदै आएको विलासिता कर तथा अतिरिक्त करहरुबाट पनि नेपाली निर्यातमा समस्या उत्पन्न हुंदा त्यस्ता करहरु खारेज हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष ढकालले जलविद्युत तथा पर्यटन विकासमा आवश्यक पूर्वाधार निर्माण तथा लगानी आकर्षणमा सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।

सो अवसरमा नेता अरोराले नेपालको आर्थिक विकासका क्रममा भारतीय पक्षबाट हुनु पर्ने सहयोगका सम्बन्धमा नेपाली निजी क्षेत्रले दिएका सुझावहरुलाई आफूहरुले गहन रुपमा लिएको र यसलाई आफ्नो पार्टरीको तर्फबाट भारतीय सरकार समक्ष पुर्‍याई सोको समाधानमा सहयोग पुर्‍याउन विश्वास दिलाउनु भयो । नेता अरोराले नेपाल भारत बीच भंसार युनियन नभएकाले पनि माल वस्तुहरुको स्वतन्त्र ओसार पसारमा समस्या परेको जनाउंदै त्यस्तो युनियनहरुको व्यवस्था हुन सकेमा त्यस प्रकारका समस्याहरु नआउने बताउनु भयो ।

सो भेटघाट तथा छलफल कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छा, र्सार्क व्यापार तथा विमस्टेक समितिका सभापति कुमुद दुगड, भारतीय जनता पार्टीका विधायक विजय जोली, नेताहरु मिरेन्द्र, अजित कुमार, पूर्व राजदुत गिरिश घुमे, नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी, महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र वरिष्ठ परामर्शदाता राजेन्द्रबहादुर श्रेष्ठको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.