»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अन्तरिम संविधान - २०६३ जारी भएकोमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सहर्षस्वागत (२०६३/१०/२)


- देशमा शान्ति, समृद्धि र स्थायित्व हुनेमा महासंघ विश्वस्त -

जन चाहना बमोजिम सफल जनआन्दोलन - २ पछि सत्तारुढ सात राजनीतिक दल एवं नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बीच विभिन्न बिषयमा सहमति भई युद्ध विरामलाई दीर्घकालिन शान्तिमा परिणत गर्ने प्रतिबद्धता सहित शान्ति सम्झौता भए अनुरुप लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको र्सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै संविधान सभाबाट नयाँ संविधान नबनेसम्मको लागि नेपालको अन्तरिम संविधान-२०६३ हिजो जारी गरिनुका साथै विगतमा विद्रोहि पक्षको रुपमा रहेको नेकपा (माओवादी) सहितको अन्तरिम व्यवस्थापिका संसद शान्तिपूर्ण रुपमा गठन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ सम्पूर्ण नेपाली निजी क्षेत्रको तर्फबाट सहर्ष स्वागत गर्दछ । साथै सो प्रक्रियालाई सफल पार्न अथक प्रयत्न गर्ने नेपाल सरकार, सात राजनीतिक दल, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी), अन्य राजनीतिक दल तथा सो कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने एवं नैतिक, बौद्धिक तथा मानसिक उर्जा प्रदान गर्ने मानव अधिकारवादी, नागरिक समाज, संयुक्त राष्ट्र संघ लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र, संगठन एवं व्यक्तिहरु प्रति महासंघ हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

नयाँ नेपाल निर्माणको लागि कोशे ढुङ्गा सावित हुने उक्त ऐतिहासिक कार्यबाट देश नयाँ युगमा प्रवेश गरेको ठहर सहित जन प्रतिनिधिद्वारा प्रथम पटक निर्मित, घोषित र अनुमोदिन उक्त संविधानले कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता, रोजगारी तथा सामाजिक सुरक्षा, सम्पत्ति आर्जन, भोग, बेचविखन तथा कारोवार गर्ने तथा श्रम सम्बन्धी हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरिएको, देशको आर्थिक - सामाजिक रुपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिक रुपले समृद्धशाली बनाउन एक साझा अवधारणा निर्माण गर्ने, श्रमिकको पेशागत अधिकारको सुनिश्चितता गर्दै उद्योग धन्दा व्यापार, निर्यात प्रबर्द्धन आदिका लागि लगानी बृद्धि गरी रोजगारी एवं आय आर्जनका अवसरहरुको व्यापक बृद्धि गर्ने नीतिलाई राज्यको दायित्वका रुपमा लिईएको अत्यन्त सराहनीय छ ।

त्यसैगरी राज्यका निर्देशक सिद्धान्तमा स्वदेशी निजी एवं सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्म निर्भर एवं उन्नतशील गराउने तथा देशको सन्तुलित आर्थिक विकास, रोजगारी अभिबृद्धि, महिला वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको विशेष व्यवस्था, राष्ट्रिय विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिई देशमा बैदेशिक पूंजी र प्रविधि आकषिर्त गर्ने, श्रममा आश्रति वर्गको विकासका लागि प्राविधिक शिक्षा, तालीम, प्रशिक्षण एवं राज्यको विकास प्रक्रियामा सहभागी गराउने, मुलुकमा विद्यमान परम्परागत ज्ञान, शीप र अभ्यास पहिचान र संरक्षण गर्दै त्यसलाई आधुनिकीकरण गर्ने नीति समेत सकारात्मक रहेका छन् । संविधानमा गरिएको कानून बमोजिम वाहेक कुनै कर लगाउन नपाउने, स्थानीय स्वायत्त शासन जस्ता व्यवस्थाहरुबाट उद्योग व्यापार व्यवसायको प्रबर्द्धनमा सुनिश्चितता आउने विश्वास महासंघले लिएको छ ।

मूलतः द्वन्दको प्रभावबाट उद्योग व्यापार व्यवसाय अझै पनि बढी मारमा पर्दै यस क्षेत्रमा धान्नै नसक्ने माग एवं श्रम समस्या, अनेकन दवाव, डर, त्रास, धम्कि र अपहरण समेत हुंदै आएको अवस्थामा अन्तरिम संविधान लागू भई नेकपा (माओवादी) समेतको सहभागितामा अन्तरिम व्यवस्थापिका गठन भएबाट अव देशमा शान्ति, सुशासन र अमनचैन कायम भई उद्योग व्यवसाय लगायत आर्थिक-सामाजिक क्षेत्रको विकासले गति लिने, आर्थिक एजेण्डाले प्राथमिकता पाई अनुकूल औद्योगिक व्यवसायिक वातावरण बन्ने र समयमै शान्तिपूर्ण एवं निष्पक्ष रुपमा संविधान सभाको निर्वाचन सम्पन्न भई राष्ट्रले स्थायित्व र समृद्धिको बाटो लिनेमा महासंघ विश्वस्त रहेको छ । यसका लागि सक्दो सहयोग गर्न निजी क्षेत्र तयार छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.