»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सामाजिक सद्भाव विग्रन नदिन महासंघको अपिल (२०६३/१०/८)


मधेसी जनअधिकार फोरमले आयोजना गरेको तर्राई बन्दको क्रममा लहानमा भएको दुःखद घटना एवं तनावग्रस्त स्थिति प्रति निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघको गहिरो चिन्ता सहित गम्भीर ध्यानाकर्षा भएको छ ।

मुलुकमा द्वन्दको समाधान एवं शान्ति स्थापनाको साथै भएको ऐतिहासिक सम्झौताको लगतै सामाजिक सद्भावमा खलल पुग्ने किसिमका यस्ता घटना हुन नदिई संयम अपनाउन महासंघ सबै राजनीतिक दल र तीनका वर्गीय संगठनमा समेत हार्दिक अपिल गर्दछ ।

वर्षौको द्वन्द र अशान्तिबाट मुलुकको उद्योग, व्यापार, व्यवसायमा जुन नकारात्मक असर परेको छ त्यसमा यस्ता घटनाबाट यो क्षेत्र अरु तहस नहस हुने स्थितिमा पुगेको छ । अतः यस क्षेत्रलाई बचाई सामाजिक सद्भाव कायम गर्न वार्ता र संयमको बाटो अपनाई समस्या समाधानमा नेपाल सरकार र आठ राजनीतिक दल लाग्नु पर्नेमा महासंघ जोड दिन चाहन्छ । साथै जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरुले पनि यस्ता प्रकारका घटनाहरुको समाधानमा समयमै र्सतर्कता अपनाउन स्थानीय तहका सबै राजनैतिक दल, नागरिक समाज र अन्य संघ/संस्थाहरुसंग पनि आपसी समन्वय गरी छलफलबाट निष्कर्ष पहिल्याउन आवश्यक पहल गर्न महासंघ अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.