»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एनवाईइफद्वारा विश्व साइकल यात्री पुष्कर शाहलाई सदभाव राजदुतको जिम्मेवारी (२०६३/१०/१२)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रवर्द्धित नेपाली यूवा उद्यमी मंच (Nepalese Young Entrepreneurs' Forum) ले विश्व साइकल यात्री पुष्कर शाहलाई सद्भाव राजदुत (Goodwill Ambassador) बनाई नेपालको शान्ति प्रतिको प्रतिवद्धता र नेपाली यूवा उद्यमी मंचलाई विश्वमा फैलाउने जिम्मेवारी दिएको छ ।

साइकल यात्री शाहलाई आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा सद्भावना राजदुतको पत्र (Letter of Goodwill Ambassador) मंचका अध्यक्ष सौरभ ज्योतिले हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रममा साइकल यात्री शाहले नेपाली यूवा उद्यमी मंचले विश्वमा नेपाललाई शान्ति क्षेत्रको रुपमा परिचित गराउन र नेपाली जनताको शान्तिप्रतिको प्रतिवद्धताको संदेश विश्व सामू फैलाउन सुम्पिएको जिम्मेवारीलाई आफूले पूरा गर्ने विश्वास दिलाउनु भयो । विगत नौ वर्षेखि साइकलका माध्यमबाट विश्व यात्रामा निस्किएका शाहले हालसम्म १ सय भन्दा बढी देशको १ लाख ५० हजार कि.मि. यात्रा पुरा गरी सकेका छन् । साइकल यात्री शाह आगामी हप्तादेखि पुनः विश्व यात्रामा निस्कने जानकारी सो अवसरमा गराइयो ।

महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने, महासंघको व्यवस्थापन समूहका संयोजक वद्री प्रसाद ओझा, वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको सो कार्यक्रममा मंचका महासचिव अजय बहादुर प्रधानाङले मंचले मुलुकमा शान्ति स्थापनका लागि हालसम्म गरेका प्रयास तथा मंचका भावी कार्यक्रमहरुका वारे विस्तृत जानकारी दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.