ऐतिहासिक जनआन्दोलन-२ बाट प्राप्त लोकतन्त्रको स्थापना पश्चात देशको शान्ति सुरक्षामा सुधार हुंदै गई उद्योग व्यापार व्यवसाय लगायतका आर्थिक कृयाकलाप सुचारु संचालन हुन लागेको अवस्थामा तराई क्षेत्रमा हालै उत्पन्न तनाव र हिंसाका घटनाले निजी क्षेत्र लगायत आम जनता र समग्र मुलुक त्यसै पनि अक्रान्त बन्दै गएको बेला धुम्बाराही जस्तो राजधानीको मुटुमै पनि दिन दहाडै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एल.बि. सांवा माथि गोलि हानी सांघातिक आक्रमणबाट हत्याको प्रयास गरिएकोमा नेपाली निजी क्षेत्रको संघीय संस्था नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित र स्तव्ध भएको छ तथा महासंघ यस्तो घटनाको घोर भर्त्सना गर्दछ ।
साथै यस्ता अपराधिक कृयाकलापमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नुका साथै यस प्रकारका अत्यन्त निन्दनीय घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न पनि महासंघ नेपाल सरकारसंग जोडदार आग्रह गर्दछ ।