»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति सद्भावका लागि निजी क्षेत्र लगायत व्यवसायिक एवं पेशागत क्षेत्रको सहभागितामा शान्ति सद्भाव र्žयाली काठमाडौंमा आयोजना गर्ने निर्णय (२०६३/१०/१७)


एक दशक भन्दा लामो समयको द्वन्दका कारण सिर्जित समस्याबाट ठूलो जनधनको क्षति हुनुका साथै देश र जनताले अत्यन्त कष्टकर जीवन व्यतित गरिरहेकोमा ऐतिहासिक जनआन्दोलन-२ बाट प्राप्त लोकतन्त्र पश्चात देशको शान्ति सुरक्षामा सुधार हुंदै गई आर्थिक-सामाजिक क्षेत्र लगायत समग्र जनजीवन सुचारु सञ्चालन हुने अपेक्षा गरिरहेको अवस्थामा हाल आएर विशेषगरी तराई क्षेत्रमा उत्पन्न समस्या, तनाव एवं आन्दोलन प्रति नेपाली निजी क्षेत्र लगायत देशका सम्पूर्ण पेशागत एवं व्यवसायिक संघ/संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

सोही बिषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा महासंघको सचिवालयमा आज बसेको विभिन्न पेशागत एवं व्यवसायिक संघ/संस्थाहरुको संयुक्त बैठकले यही माघ २० गते शनिवार विहान १०:३० बजे काठमाडौंको बसन्तपुरबाट "शान्ति सद्भाव र्žयाली" आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले तराइको समस्या तत्कालै समाधान नभएमा देशको स्थिति अरु गम्भीर हुने र यस अवस्थामा लोकतन्त्रको अस्तित्व समेत संकटमा पर्न जाने तथा जनताले ठूलो संकटको सामना गर्नु पर्ने अवस्था उत्पन्न हुन सक्ने चिन्ता समेत व्यक्त गरेको छ ।

त्यसैले शान्ति सुरक्षा विग्रने तथा शान्ति सद्भावमा खलल पुग्ने घटना हुन नदिई संयम अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न सबै राजनीतिक दल, तीनका वर्गीय संगठन एवं आम जनसमूदायमा हार्दिक अपिल सहित नेपालको तमाम निजी क्षेत्र लगायत व्यवसायिक एवं पेशागत संघ/संस्थाले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा गरिने उक्त र्žयालीमा सहभागी भई कार्यक्रम सफल पार्न आ-आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा आयोजित उक्त बैठकमा उपस्थित भई सो प्रतिबद्धता व्यक्त गर्नेहरुमा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघका सबै सदस्य बस्तुगत एवं द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघहरु, नेपाल मानव अधिकार संगठन, नेपाल बार एशोसिएशन, नेपाल प्राध्यापक संघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एशोसिएशन, नेपाल मेडिकल एशोसिएशन, नेपाल शिक्षक युनियन, नेशनल व्युजिनेश इनिसिएटिभ, राष्ट्रिय घरेलु उद्योग महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल एशोसिएशन अफ नेपाल, नेपाल राष्ट्रिय जनजाती महासंघ, नेपाल चलचित्र कलाकार संघ, किराना व्यापारी संघ, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, प्याब्सन, एन प्याव्सन, नागरिक समाज सेवा, ठमेल पर्यटन परिषद् र मह संचार (मदनकृष्ण श्रेष्ठ/हरिबंश आचार्य) रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.