नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समिति सदस्य, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायी एवं समाजसेवी रामबहादुर ताम्राकारलाई चसुखेलस्थित आफ्नै निवासमा सुतिरहनु भएको अवस्थामा गए राति अज्ञात समूहले हतियारद्वारा सांघातिक आक्रमण गर्नुका साथै धनमाल समेत लुटेर लगेको घटनाप्रति महासंघ स्तव्ध भएको छ । महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।
तराइमा हाल उत्पन्न असहज अवस्थाप्रति अत्यन्त चिन्तित रहेको निजी क्षेत्र उद्योगी व्यवसायी माथि राजधानीमा भएका श्रृंखलावद्ध आक्रमणबाट थप चिन्तित एवं मर्माहत भएको छ । यसले मुलुकको अर्थतन्त्रनै थप धरापमा पर्ने त होइन भन्ने तर्फनिजी क्षेत्र सशंकित भएको छ । गत मंगलवार मात्र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष माथि भएको सांघातिक हमलाको लगत्तै पुनः अर्का व्यवसायी माथि भएको यस प्रकारको जघन्य आक्रमणबाट उद्योग व्यवसाय क्षेत्र त्रस्त र आक्रान्त भएको छ भने यसले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति गंभीर प्रश्न चिन्ह खडा हुन थालेको छ ।
अतः यस्ता आपराधिक कृयाकलापमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नुका साथै यस प्रकारका अत्यन्त निन्दनीय घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न पनि महासंघ नेपाल सरकारसंग जोडदार आग्रह गर्दछ ।
साथै महासंघ आक्रमणबाट सख्त घाइते हुनु भएका व्यवसायी श्री ताम्राकारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।