नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा आज महासंघको सचिवालयमा बसेको कार्यकारिणी समितिको दशौं बैठकले तर्राई क्षेत्रमा विगत दर्ुइ हप्तादेखि उत्पन्न समस्या एवं आन्दोलन प्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको तत्काल समाधान हुनु पर्ने, दैनिक जसो उद्योगी व्यवसायी माथि हुंदै आएको आक्रमण, आर्थिक एवं मानसिक दवाव, डर त्रास, धम्कि जस्ता अपराधिक क्रियाकलापको तत्काल अन्त गरी सुरक्षाको प्रत्याभूति र अनुकूल औद्योगिक व्यवसायिक एवं शान्तिपूर्ण वातावरण कायम गर्नु पर्ने, कर/राजश्व सम्बन्धी ऐन नियम र प्रक्रियालाई समय सापेक्ष र सरलिकृत गर्नु पर्नेमा जोड दिएको छ ।
त्यसैगरी उक्त बैठकले दैनिक तीन घण्टा विद्युत लोड सेडिङ्ग हुंदा उद्योग व्यवसाय सञ्चालन सम्भव नहुने मात्र नभई यस क्षेत्रमा दैनिक करोडौंको नोक्सान हुने हुंदा नियमित विद्युत आपूर्तिको कुनै पनि उपाय सरकारले अवलम्बन गर्नु पर्ने, उद्योग प्रतिष्ठानमा भई आएको श्रम विवाद अझै समाधान नहुंदा अनेकन समस्या उत्पन्न भएकोले सो तत्काल समाधान हुनु पर्ने, गत महिना नेपालगञ्जमा भएको अप्रिय घटनाबाट नोक्सान भएको उद्योगी व्यवसायीको क्षतिपूर्ति अझै भई नसकेकोले तत्काल हुनु पर्नेमा समेत जोड दिएको छ ।
उक्त बैठकले महासंघको ४१ औं वाषिर्क साधारण सभा आगामी चैत्र मसान्त भित्र उद्योग वाणिज्य दिवससंगै र सो अवसरमा "नेपाल व्यापार मेला" (Nepal Trade Fair) आयोजना गर्ने, नेउवामहासंघ राष्ट्रिय उत्कृष्ट पुरस्कार (FNCCI National Excellence Award) का साथै उत्कृष्ट जिल्ला/नगर उवासंघ, वस्तुगत संघ र द्विराष्ट्रिय उवासंघहरुलाई सोही अवसरमा "कदर सम्मान" गर्ने निर्णय सहित उपरोक्त कार्यक्रमका लागि क्रमशः मेला तथा प्रदर्शनी समिति, उत्पादकत्व एवं गुणस्तर समिति र निवर्तमान अध्यक्षको सभापतित्वमा गठित कदर-सम्मान समितिले सम्बन्धित कार्य अघि बढाउने गरी मिलाएको व्यवस्थालाई अनुमोदन गरेको छ ।
त्यसैगरी उक्त बैठकले नेपाल उद्योग वाणिज्य महासंघको नियमावली (आचार संहिता सहित)-२०६३ र नेपाल उद्योग वाणिज्य महासंघ व्यवसायिक मेलमिलाप केन्द्र नियमावली-२०६३ लाई पारित गरेको छ ।
सो बैठकमा निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठले सदस्यता समितिको सिफारिश अनुसार नयाँ सदस्यताका लागि प्रस्तुत गर्नु भएकोमा बैठकले निम्न संघ एवं उद्योग प्रतिष्ठानलाई महासंघको सदस्यता प्रदान गर्ने निर्ण्र्ाागरेको छ ।
जिल्ला उवासंघः
१ मनाङ्ग उद्योग वाणिज्य संघ
बस्तुगत संघः
१. नेपाल हर्ब्स तथा हर्वल उत्पादक संघ
२. नेपाल सुन चाँदी व्यवसायी संघ
एशोसिएटः
१. हिमालयन विर्ल्र्डस एण्ड इन्जिनियर्स प्रा.लि.,
२. पारामाउन्ट कार्पेट इण्डष्ट्रि
३. अखिल ट्रेडिङ्ग कर्न्र्सन प्रा.लि.
४. सुजल प्लाष्टिक्स प्रा.लि.
सो बैठकले महासंघका परिषद्/समिति/फोरमका सभापतिहरु र अञ्चल प्रतिनिधिहरुद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्नुका साथै महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन ग र्यो ।
बैठकमा महासंघका अध्यक्ष ढकालले तर्राई क्षेत्रमा उत्पन्न तनाव र समस्या तत्कालै समाधान नभएमा देशको स्थिति अझ गम्भीर एवं संकटपूर्ण हुने देखिएकोले विभिन्न प्रयासका साथै समस्या समाधानमा सघाउ पुर्याउने उद्देश्यले भोली शान्ति-सद्भाव र्याली गर्न लागिएको, उद्योगी व्यवसायी माथि भएको आक्रमण एवं दवाव लगायत श्रम, विद्युत, राजश्व कर आदि समस्या समाधानमा महासंघ गम्भीर रुपमा लाग्नुको साथै नेपाल सरकारमा पहल भई रहेको उल्लेख गर्नु भयो ।
यस अघि महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छाले महासंघमा स्थापित व्यवसायिक मेलमिलाप केन्द्र (Business Mediation Centre) स्थापनाबाट उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीमा वहुपक्षिय रुपमा पर्ने सकारात्मक प्रभाव सम्बन्धमा प्रकाश पार्नु भयो ।
बैठकको प्रारम्भमा व्यवसायिक मेल मिलाप केन्द्र नियमावली-२०६३ तर्जुमाका लागि सहयोग गर्ने एआरडी/इन्क रुल अफ ल प्रोजेक्ट/युएसएआइडी नेपाल (ARD Inc. Rule of Law Project, USAID/Nepal) का परियोजना प्रमुख फेडरिक जि. इगर (Friedrich G. Yeager) र उहांको टोलिले सो नियमावली र केन्द्रको महत्व वारे प्रस्तुतिकरण गरेको थियो ।