नेपालबाट भारत निकासी हुने वस्तुहरुमा लिंदै आएको ४ प्रतिशत अतिरिक्त भंसार महशूल भारत सरकारले एकसय एघार वस्तुमा हटाएकोमा नेपाली निजी क्षेत्रको संघीय संस्था नेपाल उद्योग वाणिज्य महासंघ त्यसको सराहना गर्दै भारत सरकार प्रति धन्यवाद ज्ञापन गर्दछ ।
भारत सरकारको २००६/०७ को बजेटबाट लागू गरिएको उक्त महशूल नेपाल-भारत वाणिज्य सन्धि अनुकूल समेत नभएकोले महासंघले सो शुल्क हटाउन सरकारी तथा निजी क्षेत्रको तर्फाट र गत जेठ महिनामा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको भारतको सद्भावना भ्रमणका बेला समेत जोडदार पहल गर्दै आएको थियो ।
प्रधानमन्त्री कोइरालाको उक्त भ्रमण पश्चात सीमित वस्तुहरुमा मात्र हटाइएतापनि लामो प्रयासपछि यही माघ ११ गतेबाट १११ वस्तुमा सो शुल्क हटाइएबाट नेपाली औद्योगिक उत्पादनले भारतीय वस्तुसंग प्रतिस्पर्धा गर्न कठिनाई भई ती उत्पादन निकासीमा ह्रास आएकोमा अब ती वस्तुको निर्यातमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
तयारी पोशाक, मसला (spices) औषधि जस्ता वस्तुमा भने अझै पनि सो शुल्क हटि नसकेकोले बांकी सम्पूर्ण नेपाली उत्पादनमा सो शुल्क शीघ्र हटाउन समेत महासंघ आग्रह गर्दछ ।