विगत तीन हप्तादेखि मधेशका जनताले आन्दोलन मार्फ उठाएका मागहरु वार्ताद्वारा समाधान गर्न यस महासंघ लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत आग्रह भएको अवस्थामा ती मागहरु सम्बन्धमा आठ राजनीतिक दलहरु र सरकारको ध्यान आकृष्ट भई आठ राजनीतिक दलको सहमतिमा सो आन्दोलनको क्रममा उठाइएका जायज मागहरु पूरा गर्ने प्रतिवद्धता सहित वार्ता र सम्वादको माध्यमबाट आ-आफ्नो माग एवं समस्याको समाधान खोज्न अनुरोध गर्दै हिजो प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबाट राष्ट्रका नाममा सम्वोधन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ त्यसको सराहना गर्दै अब आन्दोलनरत पक्षले सो आन्दोलन फिर्ता लिई शान्तिपूर्ण वातावरणमा वार्ताको माध्यमबाट समस्याको समाधान खोजिने विश्वास सहित यस कार्यमा सहयोगका लागि महासंघ आफ्ना सम्पूर्ण सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं उद्योगी व्यापारी समूदायलाई आग्रह गर्दछ ।
उक्त आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु हुने सबै प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै महासंघ आन्दोलनमा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
साथै उक्त आन्दोलनको दौरानमा ठूलो जनधनको क्षति हुनुको साथै उत्पादन, बिक्री वितरण, आवागमन लगायत औद्योगिक व्यवसायिक एवं सेवा प्रवाह जस्ता सम्पूर्ण क्रियाकलाप ठप्प जस्तै हुन पुगी यसबाट अरबौको क्षति पुगेकोमा महासंघ गम्भिर चिन्ता प्रकट गर्दछ ।