नेपाल विद्युत प्राधिकरणले सुख्खा मौसममा विद्युत माग र आपूर्तिमा थप असन्तुलन आएकोले विद्युत लोड सेडिङ्गको समय दोब्बर बढाउनु परेको भनि भोलीदेखि हप्ताको ४० घण्टा लोड सेडिङ्ग गर्न लागेको प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यान गएको छ ।
विद्युत लोड सेडिङ्ग हुंदा उद्योग व्यवसाय सञ्चालन सम्भव नहुने मात्र नभई यस क्षेत्रमा दैनिक करोडौंको नोक्सान हुने हुंदा नियमित विद्युत आपूर्तिको कुनै पनि उपाय सरकारले अवलम्बन गर्न पनि महासंघ आग्रह गर्दछ । लोड सेडिङ्गबाट एकातिर विद्युत अधिक खपत गर्ने उद्योग व्यवसायहरु र पर्यटन सम्वद्ध उद्योगहरु अति प्रभावित हुन जाने र अर्कोतिर व्यवसाय संचालन नहुंदा व्यवस्थापकिय खर्चहरु यथावत रहने र उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता कमजोर भई झन समस्या भोग्नु पर्ने अवस्था आउने प्रति महासंघ गम्भिर भएको छ ।
यस अघि हप्ताको एक्काइस घण्टाको लोड सेडिङ्गबाट अत्याधिक समस्या खेपेको उद्योग व्यवसाय क्षेत्रले थप लोड सेडिङ्गबाट ठूलो मार खेप्नु पर्ने अवस्था आउने तर्फमहासंघ नेपाल सरकार एवं विद्युत प्राधिकरणको गंभीर ध्यानाकर्षा गराउंदछ । लोकतन्त्र प्राप्ति पछि उद्योग व्यवसायको विकासलाई द्रुत गतिमा अघि बढाउनु पर्ने खांचो रहेको अवस्थामा यसरी हुने लोड सेडिङ्गको समस्याले अर्थतन्त्रलाई नै चौपट पार्ने तर्फसचेत भई सोको अविलम्व समाधान तर्फराज्यको समग्र ध्यान जानु पर्नेमा महासंघ जोड दिन्छ ।