»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क व्यवसायिक नेतृत्वहरुको दोश्रो सम्मेलनमा नेउवामहासंघको प्रतिनिधिमण्डल (२०६३/११/३)


भारतको मुम्बईमा आयोजना हुने दक्षिण एशियाली व्यवसायिक नेतृत्वहरुको दोश्रो सम्मेलन (Second SAARC Business Leaders Conclave) मा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा ६ सदस्यीय नेपाली व्यवसायिक प्रतिनिधिमण्डलले भाग लिंदैछ ।

सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry) तथा भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry) द्वारा संयुक्त रुपमा यहि फागुन ५ र ६ गते आयोजना हुने सो सम्मेलनको भारतीय विदेशमन्त्री प्रणव मुखर्जी (Pranab Mukherjee, External Affairs Minister of India) ले एक विशेष समारोहका बीच उद्घाटन गर्नुहुने छ ।

सम्मेलनको पहिलो शत्रमा हुने क्षेत्रीय व्यापार, लगानी तथा रोजगारी परिचालनका लागि दक्षिण एशियामा नीतिगत सुधार (Regional Trade, Investment & Employment Generation: Creating an Enabling Policy Environment in South Asia) विषयमा नेपालबाट अर्थमन्त्री डा. रामशरण महत लगायत सार्क राष्ट्रका वाणिज्य मन्त्रीहरुले संवोधन गर्नुहुने छ भने महासंघका अध्यक्ष ढकालले धन्यवाद मन्तव्य दिनु हुने कार्यक्रम छ ।

दक्षिण एशियाली राष्ट्रहरुको क्षमता अभिवृद्धि तथा पूर्वाधार निर्माण सहित यस क्षेत्रको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन मार्फत यस क्षेत्रका जनताहरुको जीवनस्तर सुधारमा सरकार एवं निजी क्षेत्रको सहकार्यका विषयमा उक्त सम्मेलनमा व्यापक छलफल तथा परामर्श हुने छ । सम्मेलनमा उर्जा तथा प्रशारण लाइनको विकास/विस्तार, सडक, वन्दरगाह तथा राजमार्ग संजाल विकास, लगानी, व्यापार तथा रोजगारी सृजना, प्रतिस्पर्धी क्षमता विकास, मानव संसाधन विकास, र्सार्क आर्थिक संघ आदिका विषयमा विस्तृत छलफल हुने छ ।

सो कार्यक्रममा भाग लिन गएको नेपाली व्यवसायिक प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छा, महासंघको कार्यकारिणी समितिका सदस्य एवं सार्क उवासंघका कार्यकारि सदस्य विजय दुगड र भवानी राणा, सार्क उवासंघको साधारण सदस्य प्रमिला रिजाल र महासंघका सहायक निर्देशक रतिश बस्न्यात हुनुहुन्छ । सो सम्मेलनमा सातै राष्ट्रका सरकारी पदाधिकारीहरु, निजी क्षेत्रका नेताहरु, सार्क राष्ट्रका राष्ट्रियस्तरका सबै उद्योग वाणिज्य महासंघ/संघहरु, विश्व वैक एवं एशियाली विकास बैंक लगायत विभिन्न मुलुकका बैंक तथा वित्तिय संस्था एवं अग्रणी औद्योगिक व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ ।

महासंघको प्रतिनिधिमण्डलले त्यसअघि सार्क राष्ट्रका राष्ट्रिय उद्योग वाणिज्य महासंघ/संघका अध्यक्षहरुको सहभागितामा भोली मुम्बईमा आयोजना हुने सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry) का उपाध्यक्षहरुको बैठक तथा सार्क उवासंघको कार्यकारि समितिको बैठकमा पनि भाग लिने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.