»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आन्दोलन फिर्ता लिई वार्ताद्वारा समस्या समाधान गर्न नेउवामहासंघको आव्हान (२०६३/११/१५)


सरकार, सात राजनीतिक दल र नेपाल कम्यूनिष्ट पार्टि -माओवादी) बीच शान्ति सम्झौता भई अन्तरिम संसदको गठन एवं अन्तरिम संविधानको घोषणाका साथै तर्राई तथा देशका विभिन्न क्षेत्रबाट उठाइएका मागलाई वार्ताको माध्यमबाट समाधान गर्न सरकारद्वारा वार्ता समिति एवं टोली गठन गरि वार्ताका लागि आव्हान गरिरहेको र अन्तरिम संविधान संशोधन एवं संविधान सभाको प्रक्रिया समेत अघि बढिरहेको अवस्थामा तर्राई क्षेत्रमा विगत डेढ महिनादेखि संचालित आन्दोलनबाट उद्योग व्यवसाय लगायत राष्ट्रको समग्र आर्थिक सामाजिक क्षेत्र तथा जनजीवननै अस्तव्यस्त हुन पुगेकोले सो आन्दोलन फिर्ता लिई शान्तिपूर्ण वार्ताद्वारा समस्या समाधान गर्न महासंघ आन्दोलनरत पक्षहरुलाई आव्हान गर्दछ ।

आन्दोलनको क्रममा निरन्तर भईरहेको बन्द, हडताल, चक्का जाम जस्ता कारणबाट उत्पादन, वितरण, रोजगारी एवं आवागमनमा मात्र नभई भंसार बन्द गरिएका कारण आयात निर्यात ठप्प भई राष्ट्रिय/अन्तर्रराष्ट्रिय व्यापार तथा राजश्वमा समेत नकारात्मक प्रभाव परेको र अत्यन्त नजिक आइरहेको फागू पर्व लगायतका महत्वपूर्ण सामाजिक कार्यहरुमा समेत जनतामा ठूलो कष्ट थपिन गई गम्भिर असर पर्न गएकोले पनि उक्त आन्दोलनलाई शान्तिपूर्ण बाटोबाट समस्या समाधान गरि देशमा दीगो र स्थायी शान्ति कायम गर्ने/गराउने मूल लक्ष्य प्राप्तिमा सहयोग गर्न समेत महासंघ आन्दोलनरत पक्षहरुसंग आग्रह गर्दछ ।

साथै तर्राई तथा देशका विभिन्न क्षेत्रबाट उठाइएका जायज मागहरु शान्तिपूर्ण वार्ताद्वारा समाधान गरी उद्योग व्यवसाय लगायत आर्थिक सामाजिक जनजीवन सुचारु राख्दै शान्ति सुव्यवस्था कायम गर्न महासंघ नेपाल सरकारसंग समेत अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.