»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क कार र्žयाली-२००७ दक्षिण एशियाको आर्थिक-सामाजिक विकासमा महत्वपूर्ण हुने (२०६३/११/१५)


दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १४ अौं शिखर सम्मेलन पूर्व आयोजना हुने सार्क कार र्žयाली-२००७ (SAARC Car Rally 2007) यस क्षेत्रका जनता बीच आपसी सम्बन्ध विस्तार, उद्योग, व्यापार, पर्यटन प्रवर्द्धन तथा साँस्कृतिक आदान प्रदानका लागि महत्वपूर्ण अवसर हुने बताइएको छ । सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप आयोजना गरिने सो र्žयालीमा सार्क राष्ट्रका सरकारी तथा निजी क्षेत्रको सहभागिता रहने छ ।

आगामी चैत्र १ गते देखी बगंलादेशको कोक्स बजारबाट शुरु भई नयां वर्षको पहिलो दिन (वैशाख १, २०६४) मा मालद्विभ्समा पुगेर सम्पन्न हुने सो कार र्žयालीका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । कार र्žयालीमा सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु, सेलिब्रेटिजहरु, पत्रकारहरु, उद्योगी व्यवसायीहरु र खेलकुद क्षेत्रका व्यक्तिहरुको सहभागिता रहने कुरा सो अवसरमा जानकारी गराइएको छ ।

क्षेत्रीय सम्पर्क विस्तारको माध्यमबाट यस क्षेत्रको अर्थ, उद्योग, व्यापार, पर्यटन विकासलाई प्रवर्द्धन गर्ने र सदस्य राष्ट्रहरु बीच सांस्कृति आदान प्रदानमा सहयोग पुर्žयाउने उद्देश्यले आयोजित सो कार र्žयाली यस क्षेत्रमा आपसी सद्भाव बढाउन महत्वपूर्ण माध्यम हुने पनि दावी गरिएको छ ।

यस क्षेत्रकै अहिले सम्मको सबै भन्दा ठूलो कार्यक्रमको रुपमा हेरिएको उक्त कार र्žयाली नेपाललाई दक्षिण एशिया सहित अन्तराष्ट्रिय रुपमै अझ बढी पहिचान गराउन महत्वपूर्ण अवसर हुने हुंदा यसको सफलताका लागि सबै नेपालीले आ-आफनो तर्फबाट सहयोग पुर्žयाउनु पर्नेमा जोड दिइएको छ ।

सबै सदस्य राष्ट्रका गरी करीब एक सय जना सहभागी हुने उक्त कार र्žयाली आगामी चैत्र ९ गतेका दिन का“काँकडभिट्टाबाट नेपाल प्रवेश गरी हेटौडा, पोखरा, काठमाण्डौं, लुम्बिनी, कोहलपुर हुदैं चैत्र १२ गते महेन्द्रनगरबाट भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा चैत्र १० गते काठमाडौंमा उर्जा विषयमा एक गोष्ठी समेत हुने र उक्त गोष्ठीमा सार्क राष्ट्रका लगानीकर्ता, नीति निर्माता एवं अन्य सरोकारवालाहरुको समेत सहभागिता रहने छ ।

सो पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै उक्त र्याली मूलआयोजक समितिका उपाध्यक्ष एवं महासंघका अध्यक्ष ढकालले उक्त र्žयालीको नेपाल कार्यक्रमका सम्बन्धमा विस्तृत जानकारी दिनु हुंदै दक्षिण एशियामै महत्वपूर्ण रुपमा हेरिएको यो कार्यक्रम नेपालका लागि आर्थिक, व्यापारिक, लगानी, पर्यटन तथा आपसी भाइचारा बढाउने क्रममा समेत निकै प्रभावकारी र महत्वपूर्ण हुने विश्वास प्रकट गर्नु भयो ।

अध्यक्ष ढकालले क्षेत्रिय रुपमा सबै प्रकारका विवादहरुको आपसी सद्भावको वातावरण मार्फ अन्त्य गर्न, आपसी सदभाव बढाउन समेत प्रभावकारी हुने विश्वास गरिएको यो कार्यक्रमको सफलताका लागि पत्रकार जगत, राजनीतिक दल, विभिन्न संघ/संस्था एवं नागरिक समाज समक्ष आग्रह गर्दै उक्त अवधिमा कुनै पनि प्रकारको वन्द, हड्ताल र चक्काजाम जस्ता कार्यक्रमहरु नराखी कार र्žयाली कार्यक्रमलाई सफलतापर्ूवक सम्पन्न गर्ने कार्यमा सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

सो आयोजक समितिका सदस्य सचिव एवं मन्त्रालयका सह-सचिव निरौलाले खेलकुद, आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा संचारका हिसावले समेत र्सार्क कार र्žयाली महत्वपूर्ण रहेको र यसको सफलताको लागि संचार माध्यमहरुको भूमिका उच्च रहने हुंदा कार्यक्रम अवधिभर उच्च प्रथमिकताका साथ प्रचार प्रसारमा सहयोग पुर्žयाउन आग्रह गर्नु भयो ।

महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले र्सार्क कार र्žयाली नेपाल र नेपालको विकासका विविध सम्भावना र अवसरहरुलाई अन्तराष्ट्रिय रुपमा चिनाउने महत्वपूर्ण अवसर भएकोले यसलाई कुनै एक वर्ग वा क्षेत्र विशेषको कार्यक्रमको रुपमा मात्र नहेरी सबैले आ-आफनो स्थानबाट जिम्मेवारी पूर्वक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दै नेपालमा यसको तयारी करिव पुरा भएको बताउनु भयो । पत्रकार सम्मेलनमा महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.