दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १४ औं शिखर सम्मेलन पूर्व आयोजना हुने सार्क कार र्žयाली - २००७ (SAARC Car Rally 2007) सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र मेची उद्योग वाणिज्य संघका अध्यक्ष बिजय डालमिया आज बंगलादेशको ढाका तर्फ प्रस्थान गर्नु भयो ।
साथै उक्त र्žयालीका सहभागी भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिब ध्रुव प्रसाद शर्मा, ब्रोडकास्टिङ्ग एशोसिएशन अफ नेपालका महासचिब बिष्णुहरि ढकाल, नेपाल टेलिभिजनका निर्देशक जय सिंह शाह तथा प्रमुख स्टुडियो उत्पादक दुर्गा बहादुर थापा, नेपाल समाचारपत्रका फोटो पत्रकार सुन्दर श्रेष्ठ र द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्त सिंह क्षेत्री समेत त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।
शिक्षा तथा खेलकूद मन्त्री एवं उक्त र्žयाली मूल आयोजक समितिका अध्यक्ष डा. मंगलसिद्धि मानन्धर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं सो समितिका उपाध्यक्ष चण्डिराज ढकाल, शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिब एवं उक्त आयोजक समितिका सदस्य सचिब बोधराज निरौला लगायत विभिन्न पदाधिकारीहरुले उहांहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाई गर्नु भएको थियो ।
आगामी चैत्र १ गते देखी बगंलादेशको कोक्स बजारबाट शुरु भई नयाँ वर्षको पहिलो दिन (वैशाख १, २०६४) मा मालद्विभ्समा पुगेर सम्पन्न हुने सो कार र्žयालीमा उपरोक्त अनुसार सार्क राष्ट्रका सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु, सेलिब्रेटिजहरु, पत्रकारहरु, उद्योगी व्यवसायीहरु र खेलकुद क्षेत्रका व्यक्तिहरुको सहभागिता हुंदैछ ।
सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप आयोजना गरिएको उक्त र्žयाली यस क्षेत्रका जनता बीच आपसी सम्बन्ध विस्तार, उद्योग, व्यापार, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदानका लागि महत्वपूर्ण अवसर हुने विश्वास गरिएको छ ।
यस क्षेत्रकै अहिले सम्मको सबै भन्दा ठूलो कार्यक्रमको रुपमा हेरिएको उक्त र्žयाली नेपाललाई दक्षिण एशिया सहित अन्तराष्ट्रिय रुपमै अझ बढी पहिचान गराउन महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएकोछ ।
सबै सदस्य राष्ट्रका गरी करीब एक सय जना सहभागी हुने सो र्žयाली आगामी चैत्र ९ गतेका दिन काँकडभिट्टाबाट नेपाल प्रवेश गरी हेटौडा, पोखरा, काठमाण्डौं, लुम्बिनी, कोहलपुर हुदैं चैत्र १२ गते महेन्द्रनगरबाट भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
सोही अवसरमा चैत्र १० गते काठमाडौंमा उर्जा विषयमा एक गोष्ठी समेत हुने र उक्त गोष्ठीमा सार्क राष्ट्रका लगानीकर्ता, नीति निर्माता एवं अन्य सरोकारवालाहरुको समेत सहभागिता रहने छ ।
शिक्षा तथा खेलकूद मन्त्री एवं र्žयाली आयोजक समितिका अध्यक्ष डा. मानन्धर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं सो समितिका उपाध्यक्ष ढकालले सो नेपाली टोलीलाई विदाई गर्नु हुंदै उक्त कार र्žयाली मार्फत नेपाल र नेपालीको परिचय तथा पहिचानलाई अन्तर्राष्ट्रिय समूदायमा उचमाईमा पुर्žयाउने सुवर्ण अवसर भएकोले उक्त कार्यक्रमलाई बाधा व्यवधानबाट मुक्त राख्न सबै नेपालीको अहं भूमिका रहने स्पष्ट पार्नु हुंदै र्žयालीको उक्त ऐतिहासिक क्षणमा सम्पूर्ण राजनैतिक दल तथा भातृ संगठनहरु, नागरिक समाज, पेशाकर्मी लगायत सम्पूर्ण आम नेपाली जनसमूदायमा कुनै प्रकारको बन्द तथा हडताल जस्ता विरोधका कार्यक्रम नगरि दिनु हुन तथा आव्हान भएका सम्पूर्ण बन्द तथा हडताल कार्यक्रमहरु फिर्ता लिई कार र्žयालीलाई भव्यताका साथ सफल पारी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा नेपाल र नेपालीको उच्च छवि कायम राख्न सहयोगका लागि हार्दिक अपिल गर्नु भएको छ ।